593 views 0 secs 0 comments

सहायक वन अधिकृत २ लाख रुपैयाँ घुससहित पक्राउ…

In देश
२ फाल्गुन २०७६, शुक्रबार ११:३६

डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो । टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए ।