687 views 0 secs 0 comments

बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु…

In समाज
९ माघ २०७६, बिहीबार १३:५४

सर्लाही । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । 
नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षकले जानकारी दिए ।