Uncategorized, समाज
२२ माघ २०७६, बुधबार ११:०४
789 views 0 secs 0

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका का वडाध्यक्ष पक्राउ…

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

समाज
२२ माघ २०७६, बुधबार १०:४३
534 views 0 secs 0

अवैध सालको काठ बरामद…

इलाका प्रहरी कार्यालय, गढवाले सत्तरी क्युफिट अवैध सालको काठ बरामद गरेको छ । प्रहरीले बुधबार राति करिब एक बजे दाङको राजपुर गाउँपालिका–१, माररीखोला बुकी डाँडा सामुदायिक वनबाट अन्दाजी ७० क्युफिट अवैध सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिए । बुकीडाँडा सामुदायिक वनभित्रबाट काठ निकाल्न लागेको सूचनाका आधारमा पुगेको काठ […]

समाज
२१ माघ २०७६, मंगलवार १७:२३
551 views 0 secs 0

अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ…

प्रहरीले मोरङको विराटनगर-१७ स्थित रानीभन्सार गेट नजिकैबाट अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिक रहेका छन् । अवैध रूपमा भन्सार छलेर नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको दुई वटा सुनको चुरासहित उनी पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता […]

समाज
२१ माघ २०७६, मंगलवार १६:५८
654 views 0 secs 0

गोठमा आगलागी हुँदा एक महिलाको मुत्यु…

जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् । सोमबार राति १० : ३० बजे गोठमा आगलागी […]

समाज
२१ माघ २०७६, मंगलवार १२:०५
564 views 0 secs 0

लागूऔषध चरेससहित नागर्जुन एक जनालाई पक्राउ…

महानगरीय प्रहरी वृत्त कालीमाटीले लागूऔषध चरेससहित नागर्जुन नगरपालिका स्युचाटारबाट एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मकवानपुर थाहानगपालिका–७ हाल नागर्जुन नगरपालिका स्युचाटार डेरा गरि बस्ने ५४ वर्षीय कुमार भन्ने रामबहादुर थापालाई उनकै डेराबाट पक्राउ गरिएको हो ।  कालिमाटी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रूगँम कुँवरले विगत लामो समयदेखि चरेस तस्करीको काम गर्ने मकवानपुरको […]

समाज
२० माघ २०७६, सोमबार १७:१०
618 views 0 secs 0

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु…

कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ खैरीमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्यााक्टर चालक शिवराज नगरपालिका २ हेलवाडिया बस्ने अन्दाजी ५० बर्षको भोला भनिने हर्कमान चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । पूर्वबााट पश्चिमतर्फ जाँदै गरेको लु १त ७२६६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ घरको […]

समाज
१७ माघ २०७६, शुक्रबार १३:५०
628 views 0 secs 0

सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु…

सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्वबाट काठमाण्डौतर्फ आइरहेको स १ च १००९ नम्बरको जीप सिन्धुलीको खनियाँखर्क र गढीको बीचमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

समाज
१७ माघ २०७६, शुक्रबार १२:३५
674 views 0 secs 0

जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु, चालकसहित ३ जना घाइते…

पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् । गण्डकबाट वीरगंजतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको जिप राति सवा ११ बजे सडक डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । जिपमा सवार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकास पटेल गम्भीर घाइते भएका थिए । […]

समाज
१७ माघ २०७६, शुक्रबार १२:२१
881 views 0 secs 0

रुपन्देहीमा मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु…

रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए । दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा […]

समाज
१५ माघ २०७६, बुधबार ११:१३
1091 views 0 secs 0

गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ…

गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेको छ। मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो ।   बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्‍याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो । प्रहरी देखेपछि भाग्दै […]