समाज
७ मंसिर २०७८, मंगलवार ०८:२५
239 views 0 secs 0

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, तीन जना बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो । गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन […]

समाज
७ मंसिर २०७८, मंगलवार ०८:०६
434 views 0 secs 0

रौतहटस्थित दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु …

रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा […]

समाज
६ मंसिर २०७८, सोमबार २०:२२
225 views 0 secs 0

कपिलवस्तु र दाङमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु…

कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले […]

देश, समाज
६ मंसिर २०७८, सोमबार १५:४३
256 views 0 secs 0

सरकारले १८ वर्षमाथिका सबैलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइने

सरकारले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई छिट्टै खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकको पालिका कार्यालयबाट खोप लगाउन सकिने व्यवस्था गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेल खोप लगाउने तयारी गरिएको जानकारी दिए। उनका अनुसार यसअघि लक्षित वर्गलाई विभिन्न चरणमा खोप कार्यक्रम […]

समाज
६ मंसिर २०७८, सोमबार १२:०७
289 views 0 secs 0

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना…

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको […]

देश, समाज
६ मंसिर २०७८, सोमबार ११:१०
254 views 0 secs 0

रौतहटमा माहुरीको टोकाइबाट १ दर्जन घाइते…

रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ । घाइतेमध्ये […]

समाज
६ मंसिर २०७८, सोमबार ०७:५९
530 views 0 secs 0

गुल्मीमा भेटीयो बेवारिसे शव अहिले सम्म सनाखत हुन सकेन…

जिल्ला कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनी स्थित कालीगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो । फेला परेको शव शरिरको कम्मरमा सेतो कछाड बेरेको नग्न अबस्थामा सम्पुर्ण शरिरको भाग सडिगलेको अबस्थामा रहेको प्रहरीले जनाएको छ । खन्युको रुखमा अड्किएको अबस्थामा नाम, […]

समाज
५ मंसिर २०७८, आईतवार १८:५०
258 views 0 secs 0

काँग्रेस मुख्य सचिव पौडेललाई मातृशोक…

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । उनकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आज ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा निधन भएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । काँग्रेसका सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले उनको […]

देश, समाज
५ मंसिर २०७८, आईतवार ०७:५९
250 views 0 secs 0

एक महिनापछि खुल्यो चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग

गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर […]

समाज
४ मंसिर २०७८, शनिबार १८:४३
290 views 0 secs 0

बलेफी–सुकुटेमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ५ ख ४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१ प ०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो […]