समाज
२२ पुष २०७८, बिहीबार ०९:०८
392 views 0 secs 0

झापाको मेचीनगरमा आगलागी निभाउने क्रममा ग्यास विस्फोट हुँदा १ जनाको मृत्यु, १२ जना घाइते…

झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अरु १२ […]

समाज
२२ पुष २०७८, बिहीबार ०८:५२
313 views 0 secs 0

कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते…

काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक […]

समाज
२१ पुष २०७८, बुधबार १२:२३
350 views 0 secs 0

गाडीलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जना पक्राउ…

पूर्व–पश्चिम राजमार्गमा गुड्ने गाडीलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा […]

समाज
२१ पुष २०७८, बुधबार ०८:४९
375 views 0 secs 0

तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला…

तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको […]

समाज
२० पुष २०७८, मंगलवार १६:०४
297 views 1 sec 0

डोटीमा प्रहरीद्वारा १ सय ७० लिटर छ्याङ नष्ट…

जिल्ला प्रहरी कार्यालय डोटीले यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ । प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ काे सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले […]

समाज
२० पुष २०७८, मंगलवार १३:०८
313 views 0 secs 0

कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु …

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । लु ४ त २४०२ नम्बरको ट्र्याक्टर बिहान बुद्धभूमि नगरपालिका–३ रनगाईमा दुर्घटना हुँदा शिवकुमारी थारु र फूलकुमारी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी […]

समाज
१४ पुष २०७८, बुधबार १४:०१
389 views 0 secs 0

नरेफाँटमा सञ्चालित जुवा खालमा ६ जनालाई पक्राउ…

काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ताले बताए । पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र […]

समाज
१४ पुष २०७८, बुधबार १२:३३
324 views 0 secs 0

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु …

झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय […]

समाज
१४ पुष २०७८, बुधबार ११:५८
337 views 0 secs 0

पाँचथरको ताङ्लेपामा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति…

पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । गएराति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् । घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले […]

समाज
१३ पुष २०७८, मंगलवार १९:४१
307 views 0 secs 0

पर्साले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ पगरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार वीरगञ्ज महानगरपालिका– १३ का १९ वर्षीय विक्रम सरार्फलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले मंगलबार वीरगञ्ज–१५ बाट पक्राउ गरेको हो । शंकास्पद रूपमा पैदल हिँडिरहेका सरार्फलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट एक […]