327 views 0 secs 0 comments

नरेफाँटमा सञ्चालित जुवा खालमा ६ जनालाई पक्राउ…

In समाज
१४ पुष २०७८, बुधबार १४:०१

काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ताले बताए ।
पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र विश्वराज थापा तथा तेह्रथुम घर भएका अम्मर लिम्बु छन् महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ४३ हजार नगद र १२ बुक तास बरामद गरेको छ । आरोपीहरुमाथि जुवा ऐनअनुसार अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।