
पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ ।
ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्याउन नसक्दा बिचल्ली भएको छ । लिम्घाका वडा अध्यक्ष दानबहादुर रानाका अनुसार पहिरो गएको गाउँका र अन्य जोखिमयुक्त गाउँका परिवार पानी परेपछि राति नै घर छोडर आएका छन् ।