241 views 0 secs 0 comments

पर्साले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ…

In समाज
१३ पुष २०७८, मंगलवार १९:४१

जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ पगरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार वीरगञ्ज महानगरपालिका– १३ का १९ वर्षीय विक्रम सरार्फलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले मंगलबार वीरगञ्ज–१५ बाट पक्राउ गरेको हो ।
शंकास्पद रूपमा पैदल हिँडिरहेका सरार्फलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट एक हजार ५० एम्पुल लागूऔषध बरामद भएको प्रवक्ता कार्कीले बताउनुभयो । नुरफिम ३५० एम्पुल, डाईजीपाम ३५० एम्पुल फेनारगन ३५० एम्पुल गरी एक हजार ५० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका सरार्फ उपर लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।