244 views 1 sec 0 comments

डोटीमा प्रहरीद्वारा १ सय ७० लिटर छ्याङ नष्ट…

In समाज
२० पुष २०७८, मंगलवार १६:०४

जिल्ला प्रहरी कार्यालय डोटीले यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ ।
प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ काे सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले उत्पादन गरेकाे ३५ लिटर गरी जम्मा १७० लिटर छ्याङ नष्ट गरेकाे हाे ।
समुदायमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न प्रहरीले जाँड-रक्सी नष्ट गर्दै आएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
पछिल्लो केही हप्तायतादेखि जिल्ला प्रहरी कार्यालय डाेटीको निर्देशनमा जाँड-रक्सी नष्ट गर्ने अभियान सञ्चालन भइरहेकाे छ।