देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:०३
572 views 0 secs 0

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुर, मंसिर १४ । कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा अज्ञात बम फेला परेको छ । बिहीबार बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा हक्स बम फेला परेको हो । बिहानै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १३:०२
495 views 0 secs 0

कपिलबस्तुमा १ सय १६ थान हतियार संकलन, हतियार नबुझाए कडा कारवाही

कपिलबस्तु, मंसिर १४ । चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि १ सय १६ थान हतियार संकलन भएको छ । हतियार राख्ने इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा १ सय १६ थान भरुवा बन्दुकसहितका हतियार बुझाएको प्रहरी नायव उपरीक्षक प्रल्हाद आधिकारीले जानकारी […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १३:०१
532 views 2 secs 0

ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालक पक्राउ

ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइकल चालक रहेको उनले बताए। […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:५९
489 views 0 secs 0

भिरबाट लडेर अहेवको मृत्यु

गुल्मी, मंसिर १४ – भिरबाट लडेर गुल्मीमा एकजना अहेवको ज्यान गएको छ । खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी  अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विेदीले जानकारी दिनुभयो ।

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:५८
566 views 0 secs 0

स्वास्थ्य चौकीलाई एक करोडको जग्गा दान

राजविराज : सप्तरीको एक दम्पत्तीले गाउँमा स्वास्थ्य चौकी बनाउन करिब एक करोड रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। कंकालिनी हनुमाननगर नगरपालिका  ४ मधवापुरस्थित पुर्ख्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि शैलेन्द्रचन्द्र झा (बुधन बाबु) र सन्जु झाले सात कटठा जग्गा दान गरेका हुन्। दान गरिएको जग्गामा बन्ने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै जग्गादाता शैलेन्द्रचन्द्र झाले […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:५२
641 views 0 secs 0

चुनावी आकलन : कसले कति सिट जित्लान्?

काठमाडौं– निर्वाचनको मिति जति–जति नजिकिँदै छ, उम्मेदवार र दलहरुले प्रचारप्रसारलाई झन् आक्रामक बनाइरहेका छन्। भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्। संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हल बाँधेर चुनावी प्रचारमा […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:५१
526 views 0 secs 0

नेताका आश्वासनले दिक्क मतदाता भन्छन्: ठूला आयोजनालाई प्राथमिकता देऊ

दैलेख- दैलेखमा लामो समयदेखि थाती रहेका ठूला विकासका योजना अहिले पनि पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन्। चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका बारेमा चासो दिनुपर्ने सुझाव दिन थालेका छन्। तीन वर्षअघि सरकारका उद्योगमन्त्री आएर दैलेखको शिरिस्थानबाट पेट्रोलियम पदार्थको उत्खनन गर्ने भनेर गरेको उद्घोष अहिलेसम्म कार्यान्वयनको चरणमा पुगेको छैन। […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:४९
521 views 0 secs 0

यस्ता छन्, एमालेबाट डनवाद र धनवादका कारण टिकट पाउनेहरु

काठमाडौं– एलपी साँवा लिम्बू मुख्यतः वैदेशिक रोजगार र घरजग्गा व्यवसायी हुन्। वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्षसमेत रहिसकेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भरोसा पात्र मान्छन्। ०७० मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा साँवाले झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा टिकट पाएका थिए। जानकारहरुका अनुसार निर्वाचन जित्न उनले ८ करोड रुपैयाँ खर्च गरे। […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:४७
610 views 1 sec 0

एम्बुस विस्फोटमा घाइते पत्रकार पौडेलको अवस्था सुधारोन्मुख, उपचार व्यवस्था मिलाउन महासंघको माग

काठमाडौं- उदयपुर क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा घाइते भएका पत्रकार नवराज पौडेलको अवस्था सुधारोन्मुख रहेको छ। कार्कीको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा समाचार संकलनका क्रममा रहेका पत्रकार पौडेलसमेत घाइते भएका हुन्। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कार्की नेपाल पत्रकार महासंघ उदयुपर शाखाका सदस्य […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:४५
588 views 0 secs 0

भक्तपुरमा कार दुर्घटना, चालकको ज्यान गयो

क्तपुर- कार दुर्घटनामा परी भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५ सय मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जितेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको […]