476 views 0 secs 0 comments

कपिलबस्तुमा १ सय १६ थान हतियार संकलन, हतियार नबुझाए कडा कारवाही

In देश, समाज
१४ मंसिर २०७४, बिहीबार १३:०२

कपिलबस्तु, मंसिर १४ । चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि १ सय १६ थान हतियार संकलन भएको छ ।

हतियार राख्ने इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा १ सय १६ थान भरुवा बन्दुकसहितका हतियार बुझाएको प्रहरी नायव उपरीक्षक प्रल्हाद आधिकारीले जानकारी दिए ।

स्थानीय तहको चुनाव हुँदा १ सय १२ थान हतियार बुझाइएको थियो । जसमध्ये चुनावपछि लिन आउनेलाई फिर्ता दिइएको थियो ।

कात्तिक २७ गतेसम्म अन्तिम म्यादलाई थपेर हतियार बुझाउन सबैलाई निर्देशन दिइएको थियो ।

म्याद सकिएपछि हतियार नबुझाउनेलाई खानतलासी गरी हतियार भेट्टाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही गर्ने प्रहरी उपरीक्षक भोजजंग शाहले बताए ।