देश, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:३०
674 views 1 sec 0

धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे

१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा भने धुलो बढार्न विभागले महानगरससँग समन्वय गर्दै ब्रुमर (धुलो तान्ने मेसिन) समेत लगाउने गरेको छ । मेलम्चीले पाइप बिछ्याउन बाँकी रहेका सडकमा पनि अहिले विभागले अस्फाल्ड पिच गर्ने कार्य अघि बढाएको […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७४, शुक्रबार १२:२८
664 views 0 secs 0

बिरामीको पेटबाट निस्कियो स्टिलको गिलास, डाक्टर तीनछक !

बिरामीको पेटबाट स्टिलको गिलास निस्किएको घटनाबाट स्वयं डाक्टर मात्र होइन आफन्तजन र घटना सुन्नेहरु समेत तीनछक परेका छन् । घटना छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित सतनाको हो । त्यहाँका एक ५५ वर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् । सतनास्थित सार्थक अस्पतालमा पेट दुखेको र झाडापखाला लागेको भन्दै एकजना विरामी उपचारका लागि आए । […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:२६
676 views 0 secs 0

कालिकोटमा मतपेटिका राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

१५ मंसिर, कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् । उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् । जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र […]

देश, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:२४
791 views 0 secs 0

इलाममा निर्वाचन विरोधी गतिविधि गर्ने १२ जना पक्राउ

१५ मंसिर, इलाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ, भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:२२
734 views 0 secs 0

त्रिचन्द्र क्याम्सप अगाडी भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं, मंसिर १५ – त्रिचन्द्र क्याम्सप अगाडी शुक्रबार विहान भेटिएको शंकास्पद वस्तु प्लाष्टिकमा बेरिएको फलाम मात्र भएको प्रहरीले जनाएको छ । फलाम भन्दा बाहिर प्लाष्टिककले बेरेरे मोटरबम लेखेको भेटिएपछि विहान प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । शंस्कास्पद वस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:१८
811 views 0 secs 0

हो, कैलालीमा तीन करोडको घर किन्दैछु, ५० लाख बैना तिरिसके : आरजु देउवा

धनगढी, १५ मंसिर – पर्यटक उम्मेदवारको आरोप लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु देउवा राणाले कैलालीको धनगढीमा तीन करोडमा घर किनेको समाचार वाहिर आयो । मतदाताले उनलाई मन नपराएको, पर्यटक उम्मेदवार भनेको, भोट माग्न मात्र गाउँ आएको लगायतका आरोप सहितका खबर वाहिर आइरहेका छन् । वास्तविकता के हो ? लोकान्तर डटकमले शुक्रवार विहानै उनले […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:१४
719 views 0 secs 0

कांग्रेसको ‘गढ’मा लालबाबुको ‘हमला’, शेखरलाई छैन चिन्ता !

विराटनगर, १५ मंसिर–विराटनगरको महेन्द्र चोक । चोक छेउमा रहेको बेनामे चिया पसल । मध्य मंसिरको चिसो विहानीमा तातो चिया पिउँदै गरमागरम चुनावी बहसमा होमिएका केही जोडी तन्नेरीहरु । तन्नेरीका माझमा थिए एक काका पनि । ‘यो पालि त कांग्रेसको गढ ढल्ला जस्तो छ काका !,’ टेवलको बायाँ छेउमा बसेका तन्नेरीले भने । ‘तिमि बच्चाहरुले भनेर […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:०४
763 views 0 secs 0

चासोमा ‘अखण्ड सुदूरपश्चिम’ अगुवाको भिडन्त

डोटी : कांग्रेस नेता वीरबहादुर बलायर र एमाले नेता प्रेमबहादुर आलेमगरको चुनावी इतिहासमा एउटा संयोग छ- २०६४ सालको चुनावमा दुबै पराजित तर २०७० को चुनावमा दुबै विजयी। दुईवटा निर्वाचन क्षेत्र छँदा अलगअलग चुनाव लडेका यी दुई पात्र जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र कायम भएपछि अहिले एकअर्काका प्रतिस्पर्धी बनेका हुन्। मन्त्री बलायर २०७० सालको संविधानसभा चुनावमा डोटी क्षेत्र […]

देश, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:०१
682 views 1 sec 0

हवाई इतिहासको ६८ वर्ष : ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु

काठमाडौं : नेपाली हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ। समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो। यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)लाई कालोसूचीमा राखेको थियो। करिब ६ महिनाअघि मात्रै यसलाई […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५८
861 views 0 secs 0

आफूबराबरको भागवत गीता दान

पोखरा : भागवत गीता जयन्तीको अवसरमा पोखरामा भक्तजनले सात सय एक भागवत पुस्तक तुलादान गरेका छन् । पुस्तक किनेर अध्ययन गर्न नसक्नेका लागि भागवत गीता उपलब्ध गराउने उद्देश्यले गीता जयन्तीको अवसरमा भक्तजनले पुस्तक तुलादान गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको आयोजनामा पोखरामा भएको गीता जयन्ती महोत्सवमा सहभागी भक्तजनले आफ्नो तौलबराबरको भागवत गीताको पुस्तक जोखेर […]