देश, समाज
२७ पुष २०७४, बिहीबार १२:४१
534 views 0 secs 0

ललितपुरमा सामूहिक बलत्कारपछि हत्या प्रयास, साधरण तारेखमै छुटे अभियुक्त

काठमाडौं– एक युवतीको सामूहिक बलत्कारपछि हत्या प्रयासको आरोमा पक्राउ परेका तीन अभियुक्त साधरण तारेखमै छुटेका छन्। बुधबार जिल्ला अदालत ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दाका अभियुक्तलाई तारेखमा छाड्ने आदेश दिएको हो। प्रहरीले रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। उनीहरुविरुद्ध पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले बुधबार […]

देश, समाज
२७ पुष २०७४, बिहीबार १२:३०
530 views 0 secs 0

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोडभन्दा बढीको क्षति

डोल्पा : हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नम्बर ९ होर्तमा आगलागीबाट एक मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन्। आगलागीबाट दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए। आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड […]

समाज
२७ पुष २०७४, बिहीबार १०:५२
598 views 0 secs 0

म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की श्रीमानलाई दिएर छोरा र गहनासहित बेपत्ता

कञ्चनपुर। छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सक्नुभएको छैन । एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उहाँकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता हुनुभएको हो । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती […]

देश, समाज
२६ पुष २०७४, बुधबार १५:३४
645 views 0 secs 0

यी हुन एकैपटक फेसबुकमा ठगी गरेर ४३ लाख कमाउने ‘हाईप्रोफाइल’ युवती, उनको कर्तुत देखेर प्रहरी नै तीन छक्क

काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन् । उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ । दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी […]

देश, समाज
२६ पुष २०७४, बुधबार १२:३७
705 views 0 secs 0

चटपटे र पानीपुरी यस्तो हानिकारक

काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छरु छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। आजको कारोबारमा खबर छ । विभागका शाखा अधिकृत दीपकराज […]

देश, समाज
२६ पुष २०७४, बुधबार १२:२७
580 views 0 secs 0

गोविन्द केसीलाई अदालतमा सोधिएको प्रश्न र केसीको जवाफ यस्ता थिए

काठमाडौँ । आज सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लिएको डा केसीको वयानका क्रममा चलेको सवाल जवाफयस्तो छः सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ? जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा: गोविन्द केसी हो । पेशाले […]

देश, समाज
२६ पुष २०७४, बुधबार १२:०५
614 views 0 secs 0

मिटरमा नचलेका ट्याक्सी समातिएपछि पोखरामा चक्काजाम

पोखरा : मिटरमा नचलाएको भन्दै प्रहरीले मंगलबार १८ जना चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएपछि चालक तथा व्यवसायी विरोधमा उत्रिएका छन्। बुधबार चल्तीको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीको ताँती लगाएर उनीहरुले सडक जाम गरेका छन्। ट्याक्सी मिटरमा चलेका छन्/छैनन् भनेर मंगलबार अप्रेसन गर्ने क्रममा ती १८ जना र ट्याक्सी समातिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए। […]

देश, समाज
२६ पुष २०७४, बुधबार ११:५४
766 views 0 secs 0

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

काठमाडौं : बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो। पोर्चुगलको नक्कली राहदानीमा पुस १८ […]

देश, समाज
२५ पुष २०७४, मंगलवार ११:०७
705 views 0 secs 0

केसीलार्इ राति पक्राउ गरिएकोमा देउबा असन्तुष्ट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीले अनशनस्थलबाट डा. गोविन्द केसीलाई पक्राउ गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार जानकारीबिनै रातको समयमा डा.केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका हुन्। ‘डा.केसी कुनै अपराधी होइनन्। अदालतको आदेशअनुसार उनी आफैं उपस्थित हुन्थे वा प्रहरीले सहजीकरण गरेर बिहान लैजान्थ्यो’, प्रेस संयोजक परियारले प्रधानमन्त्री […]

देश, समाज
२५ पुष २०७४, मंगलवार ११:०१
715 views 0 secs 0

आकस्मिक पेसीमा पक्राउ आदेश, आज नौ बजे सर्वोच्चमा हाजिर गराइने

काठमाडौं : न्यायालयको जनआस्थामाथि खलल पुर्‍याएको अभियोगमा सर्वोच्च अदालतले सोमबार प्रा.डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी गरेको छ ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का तत्कालीन डिन डा.शशि शर्माको पुनर्बहालीको फैसलालाई लिएर केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश र न्यायालयको गरिमामाथि गम्भीर चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबार साढे ४ बजे […]