477 views 0 secs 0 comments

ललितपुरमा सामूहिक बलत्कारपछि हत्या प्रयास, साधरण तारेखमै छुटे अभियुक्त

In देश, समाज
२७ पुष २०७४, बिहीबार १२:४१

काठमाडौं– एक युवतीको सामूहिक बलत्कारपछि हत्या प्रयासको आरोमा पक्राउ परेका तीन अभियुक्त साधरण तारेखमै छुटेका छन्। बुधबार जिल्ला अदालत ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दाका अभियुक्तलाई तारेखमा छाड्ने आदेश दिएको हो।

प्रहरीले रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। उनीहरुविरुद्ध पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले बुधबार छाड्ने आदेश दिएको हो।

अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो।
साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु्याएका थिए। उनले हारगुहार गरिन्। कराउन थालेपछि मुख थुनेर बलत्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। त्यसपछि पनि प्रतिकार गर्दा टाउकोले ढुङगामा हानेर अभियुक्तहरु भागेका थिए। पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलत्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले बताएकी थिइन्। तर, पनि उनीहरु छुटेपछि पीडित पक्ष असन्तुष्ट बनेको छ।

सात दिनपछि होस खुलेको थियो
बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरे । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए। कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन्। शरिरभरी चोट थिए । एक हप्तासम्म उनी बर्बाराउन मात्र सकिन्। एक हप्तापछि मात्र उनको पूर्ण रुपमा होस खुलेको थिया । मदिरा र गाँजाको नशामा त्यसरी युवतीको बलत्कार प्रयास भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरी अभियुक्तहरुलाई पक्राउ गरेको थियो।

प्रहरीले सिडिआर बिश्लेषणदेखि पोलिग्राफ रिपोर्टसम्म प्रमाणका रुपमा पेश गरेको थियो। घटनास्थलमा स्पर्म समेत भेटिएको र त्यसको डिएनए टेष्टका लागि समेत पठाइएकोमा त्यसको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताए।