समाज
३ बैशाख २०७६, मंगलवार १०:०४
616 views 0 secs 0

एक घरमा आयलागी हुँदा डेढ लाख बराबरको धनमाल नष्ट…

बर्दिया । गेरुवा गाउँपालिका ६ गुप्तीपुर एक घरमा आयलागी हुँदा डेढ लाख बराबरको धनमाल नष्ट भएको छ। बस्ने यामबहादुर खड्काको गोठमा सोमबार बिहान आगलागी हुँदा अन्नपात, लत्ता कपडा, भाँडा वर्तन र काठ समेत जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा […]

समाज
१ बैशाख २०७६, आईतवार १७:४०
963 views 0 secs 0

वित्तीय पहुँचको आधार: सबै नेपालीलाई बैंक खाता अभियान…

आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन्। चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम। यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो। ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको […]

समाज
१ बैशाख २०७६, आईतवार १२:३०
748 views 0 secs 0

भ्रमणमा निस्किएकाे बस पल्टियाे, तीनको घटनास्थलमै मृत्यु ३१ जना घाइते…

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्। काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३.ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो। दुर्घटनामा […]

समाज
१ बैशाख २०७६, आईतवार १२:०५
714 views 0 secs 0

बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता…

मानिसमा इमानदारीको खडेरी पर्दै गएकाले चोरीडकैतीका घटना बाक्लै हुने गरेका छन्। सर्लाहीको नवलपुरस्थित एक व्यवसायीले भने बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर उदाहरणीय कार्य गरेका छन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो सो रकम भेट्टाएका थिए। आर्यनले सो रकम बुबा अजयलाई लगेर दिएका […]

समाज
१ बैशाख २०७६, आईतवार ११:४५
923 views 0 secs 0

दुखद खबर: तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु…

तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीय भूमिका खत्रीको मृत्यु भएको हो। चैते दशैँ मनाउन माइत गएकी खत्रीको शनिवार साँझ परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते खत्रीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। लोकदीटार घर भई माइतीघर सोही वडाको मिनामखानी गएकी […]

समाज
१ बैशाख २०७६, आईतवार ११:२१
764 views 0 secs 0

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजाराैंको भीड…

नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजाराैंको भीड लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो। भेलुखेलमा हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाैं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ। ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल […]

समाज, सूचना-प्रबिधि
२९ चैत्र २०७५, शुक्रबार ११:३६
1036 views 0 secs 0

टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु…

टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो […]

समाज, सूचना-प्रबिधि
२८ चैत्र २०७५, बिहीबार १७:२५
1091 views 0 secs 0

३ वर्षको उमेरमा भागेर बिहे गरेकी सानुकान्छी चेपाङ पढ्ने उमेरमा काखमा छोेराछोरी…

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब […]

समाज
२२ चैत्र २०७५, शुक्रबार १३:३२
1743 views 1 sec 0

एउटै परिवारका आमा, छोरा र छोरीले झुण्डिएर आत्महत्या : भरतपुर

#दुखद खबर (भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन। आत्महत्या गर्नेमा अामा छाेरा र छाेरि रहेको प्रहरीले जनाएको छ। घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३-१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११-१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको […]

समाज
१३ चैत्र २०७५, बुधबार १८:४८
1157 views 0 secs 0

रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ

मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शव खोजिरहेको […]