देश, समाज
२३ श्रावण २०७६, बिहीबार ११:३७
651 views 1 sec 0

उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ …

प्रहरीले उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका-५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो। उनको साथबाट च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट बरामद गरिएको छ। मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० […]

समाज
२३ श्रावण २०७६, बिहीबार १०:५९
608 views 0 secs 0

टिकटक भिडियो बनाउन चार छात्रले बूढी गण्डक नदीमा हाम फाले, दुईजनाको शव फेला …

टिकटक भिडियो बनाउन चार छात्रले बूढी गण्डक नदीमा हाम फालेका छन्। हाम फालेको चार छात्रमध्ये तीन जना नदीमा डुबे भने एक जना बाहिर निस्कन सफल भए। डुबेका तीन छात्रमध्ये दुईजनाको शव फेला परेको छ भने एक अझै वेपत्ता रहेका छन्। यो घटना भारतको बिहारको भएको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको छ। भास्करको अनुसार विहारको अहियापुर […]

समाज
२३ श्रावण २०७६, बिहीबार ०९:०४
479 views 0 secs 0

साढे २ वर्षको छोरा र डेढ महिनाकी छोरी सहित एक महिलाले नारायणीमा हाम फालिन…

एक महिलाले छोराछोरीसहित नारायणी नदीमा हामफाल्दा दुबै बच्चाको मृत्यु भएको छ ।महिलाको जीवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका इन्सपेक्टर राजेन्द्र अधिकारीअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ निवासी २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित नारायणीमा हाम्फालेकी हुन् । उनी हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई […]

समाज
२३ श्रावण २०७६, बिहीबार ०८:४१
513 views 0 secs 0

विद्यार्थी सङ्गठनहरुले तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी …

तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्। विश्व विद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । आफ्ना मागहरु पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उनले बताए। विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल […]

समाज
२३ श्रावण २०७६, बिहीबार ०८:०२
566 views 0 secs 0

काठमाडौँ उपत्यकाको फोहाेर फाल्ने उपयुक्त स्थानका रुपमा बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु …

काठमाडौँ उपत्यकाको फोहाेर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ। उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो। शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ। पूरै संरचना दुई चरणमा […]

समाज
२१ श्रावण २०७६, मंगलवार १८:४४
773 views 0 secs 0

विवाद हुँदा वीरगञ्जमा गोली चल्यो…

वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा बाटो छेउको पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ । पटेल र साहबीच झगडा हुँदा साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी […]

समाज
२१ श्रावण २०७६, मंगलवार १८:३३
728 views 3 secs 0

महिलाको गहना लुटपाट गर्ने दुई जना पक्राउ…

सोमबार बेलुका थलारा गाँउपालिका-५, हाट घर भएकी २२ वर्षीया विमला ओलीकाे गहना लुटपाट गरी हत्याकाे प्रयास गर्ने थलारा गाँउपालिका-६ का प्रेम कठायत र सौरभ चौहानलाई प्रक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताउनु्भयाे । घटनामा संग्लग्न प्रेम कठायतलाई सोमबार बेलुका नै प्रहरिले पक्राउ गर्न सफल रहे पनि सोही घटनामा संग्लग्न रहेका सौरभ चौहान भने […]

समाज, स्वास्थ्य/जीवनशैली
२१ श्रावण २०७६, मंगलवार १५:०९
676 views 0 secs 0

ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि प्रदर्शन…

ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन्। गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल […]

समाज
२१ श्रावण २०७६, मंगलवार १४:३९
538 views 1 sec 0

२४ तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई पक्राउ…

प्रहरीले २४ तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार साँझ धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध सुनजस्तो देखिने पहेँलो धातु र मोबाइल बरामद गरेको हो। ९९६-२४ के लेखिएको सुनजस्तो […]

समाज
२१ श्रावण २०७६, मंगलवार १३:०१
435 views 0 secs 0

विप्लव एक कार्यकर्तालाई प्रहरीले अस्पतालबाट पक्राउ…

धनगढी बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।स्वास्थ्यलाभपश्चात सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । तर, लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।जिल्ला प्रहरी कार्यालय, कैलालीले […]