समाज
१८ भाद्र २०७६, बुधबार १२:०९
633 views 0 secs 0

विभिन्न ब्राण्डका ५६ थान मोबाइल, ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ …

महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित […]

समाज
१८ भाद्र २०७६, बुधबार ११:२३
617 views 0 secs 0

जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु…

जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

समाज
१८ भाद्र २०७६, बुधबार ११:०१
664 views 1 sec 0

सुनसरी बिषालु सर्पले डसेर दुई जनाको मृत्यु…

सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ। मंगलवार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेको थियो। उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, सुनसरीकै हरिनगर गाउँपालिका-१ की ५५ वर्षीया सहिदान […]

समाज
१८ भाद्र २०७६, बुधबार १०:४०
494 views 0 secs 0

काठमाडौंको कपनका साथी साथीबीच झडप हुँदा एक जनाको मृत्यु…

काठमाडौंको कपनका साथी साथीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति कपनको आदर्शनगर चोकमा एक होटलमा बसेर खाजा खाँदै गर्दा भनाभन हुँदा भएको झडपमा खोटाङका संजय राईको मृत्यु भएको बौद्धका डीएसपी नरेन्द्र चन्दले नेपाललाई जानकारी दिए। ‘साथीहरु बसेर खाँदै गर्दा सामान्य विवाद भएपछि हात हालाहाल हुँदा एक जनाको मृत्यु भएको छ,’ डीएसपी चन्दले […]

समाज
१८ भाद्र २०७६, बुधबार ०९:४१
551 views 0 secs 0

मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं…

मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो । विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् । राजधानीपछि पूर्वी नेपालको […]

समाज
१८ भाद्र २०७६, बुधबार ०८:५१
552 views 0 secs 0

रुपन्देहीमा ४२ जनामा डेंगीको संक्रमण …

रुपन्देहीमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ। ५ वर्षका बालबालिकादेखि ७५ वर्षका बृद्धबृद्धासम्ममा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जोगिन पानी जम्ने ठाउँ पुर्ने, दिउँसो र रातिमा सुत्दा झुलको प्रयोग गर्ने, सचेतना फैलाउने, घरको झ्यालढोकामा जाली लगाउने र रोगको लक्षण देखिने वित्तिकै […]

समाज
१८ भाद्र २०७६, बुधबार ०७:५१
675 views 0 secs 0

खोटाङका एक महिला र पुरुषले आज बिहान गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरे…

खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन्। खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी […]

समाज
१८ भाद्र २०७६, बुधबार ०७:१४
894 views 0 secs 0

वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ ,उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद…

वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् । उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिए । गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै […]

देश, समाज
१७ भाद्र २०७६, मंगलवार १४:४३
541 views 0 secs 0

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने …

विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार […]

समाज
१७ भाद्र २०७६, मंगलवार १४:२६
626 views 0 secs 0

बसको ठक्करले एक मृत्यु …

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मुगुका धनबहादुर बुढाले सोमबार […]