
रुपन्देहीमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ। ५ वर्षका बालबालिकादेखि ७५ वर्षका बृद्धबृद्धासम्ममा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जोगिन पानी जम्ने ठाउँ पुर्ने, दिउँसो र रातिमा सुत्दा झुलको प्रयोग गर्ने, सचेतना फैलाउने, घरको झ्यालढोकामा जाली लगाउने र रोगको लक्षण देखिने वित्तिकै अस्पताल गएर उपचार गर्न सुझाव दिए।