
रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।
गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको पतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगे। हेल्थ चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेका थिए।
सिंहले महिलालाई चरम यातना दिएर बलात्कारको शिकार बनेकी महिला मंसिर १९ गते मकवानपुर पुगेर विभिन्न महिला अधिकारवादी संघ संस्थाको सहयोगमा मकवानपुर प्रहरीलाई आफुमाथि भएको घटना विवरण सुनाएपछि मकवानपुर प्रहरीको सहयोगमा पिडित महिला जिल्ला प्रहरी कार्यालय रौतहटमा आएर घटनाको विषयमा जानकारी दिँदै दोषि सिंहमाथि कडा कारवाहीको लागि जाहेर दर्ता गराएका छन्।