
राजमार्गअन्तर्गत विर्तामोड सडकखण्डको रेखापुल नजिकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।
झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो।
दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए।