समाज
२३ भाद्र २०७६, सोमबार १५:३५
778 views 0 secs 0

काठमाडौंमा सुविधायुक्त विद्युतीय बस सञ्चालनमा

राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ । यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ । यसलाई न्युनीकरण गर्न सोमबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ । ‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा […]

समाज
२३ भाद्र २०७६, सोमबार १५:०२
773 views 1 sec 0

बारा प्रहरीले १५ हजार किलो सुपारी बरामद…

बारा प्रहरीले १५ हजार किलो सुपारी बरामद गरेको छ। इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका-९ बाट ३१ लाख ३५ हजार ७५० रुपैयाँको सुपारी बरामद गरेको हो। बिना कागजातको उक्त सुपारी लु२ख ३७ नम्बरको ट्रकमा ल्याइएको थियो। रुपन्देहीबाट बारा-पर्सा हुँदै चोरी बाटोबाट भारत निकासी गर्न लागिएको सुपारी बरामद गरिएको बारा प्रहरीले जनाएको छ। बरामद सुपारीसहित […]

समाज
२३ भाद्र २०७६, सोमबार १४:३०
836 views 0 secs 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक जना पक्राउ…

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। भन्सारले पक्राउ परेका व्यक्ति र सुनबारे अनुसन्धान गरिरहेको छ।

समाज
२३ भाद्र २०७६, सोमबार १४:०२
600 views 0 secs 0

एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ …

एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो ६ वर्षीय र १२ वर्षीय बालिकालाई जंगलमा पुयाई जवरजस्ती गर्न खोजेको सुचनाको आधारमा सुनारलाई प्रहरीले पक्राउ गरेको […]

समाज
२३ भाद्र २०७६, सोमबार १३:४१
644 views 0 secs 0

धनुषामा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या …

धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा […]

समाज
२३ भाद्र २०७६, सोमबार १३:०९
527 views 0 secs 0

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ …

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए […]

समाज
२३ भाद्र २०७६, सोमबार १२:४०
494 views 0 secs 0

सप्तरीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु …

सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो ।मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । उनको उपचारका लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको हो ।

समाज
२२ भाद्र २०७६, आईतवार १७:५०
565 views 0 secs 0

कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला…

भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई नहरमा भेटिएलगत्तै भरतपुर अस्पताल लगिएको थियो । […]

समाज
२२ भाद्र २०७६, आईतवार १७:३७
749 views 1 sec 0

लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई पक्राउ…

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक २ घर भइ भक्तपुर बालकोट बस्ने २१ वर्षीय सुरज थापा र भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २० वर्षीय कविराम पसखल रहेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले लोकन्थलीमा चेकजाँच गर्ने […]

समाज
२२ भाद्र २०७६, आईतवार १५:१९
647 views 0 secs 0

ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु…

ट्र्याक्टरको ठक्करबाट दाङमा एक किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको हो । शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]