678 views 1 sec 0 comments

लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई पक्राउ…

In समाज
२२ भाद्र २०७६, आईतवार १७:३७

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा सिरानचोक २ घर भइ भक्तपुर बालकोट बस्ने २१ वर्षीय सुरज थापा र भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २० वर्षीय कविराम पसखल रहेका छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले लोकन्थलीमा चेकजाँच गर्ने क्रममा बा.७९ प २७४१ नम्बरको स्कुटीमा सवार दुवै जनाको साथबाट १२ थान नाईट्राभेट तथा धारिलो हतियार चक्कु र कैँची बरामद भएको प्रहरीले जनाएको छ ।