विश्व, समाज
९ पुष २०७४, आईतवार १५:०६
1111 views 0 secs 0

देशैभर खुलमखुल्ला यौन व्यापार : पुलिसका लागि कमाउने माध्यम

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्यो भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन । देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो । पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू । यस्ता स्टेसनका पारखी छन्, रिक्साचालकदेखि […]

विश्व
९ पुष २०७४, आईतवार १५:०३
1121 views 2 secs 0

लालू अदालतबाटै पक्राउ, चारा घोटालामा दोषी ठहर

एजेन्सी। सीबीआई विषेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरेको छ। तत्कालै लालूलाई अदालत परिसरबाटै प्रहरीले पक्रउ गरेको छ। उनको मुद्दामा अदालतले जनवरी ३ तारिखमा सजाय तोक्नेछ। आफ्ना कान्छा छोरा एवं बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसहित लालू शनिबार बिहान अदालत पुगेका थिए। आक्रोशित समर्थकलाई लालूले शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेका […]

विश्व
९ पुष २०७४, आईतवार १३:३३
1054 views 0 secs 0

हेर्नुस यी बालबालिकाका पिडा, जहाँ ८०० मिटर लामो डरलाग्दो भिर चढेर स्कुल जान्छन्

एजेन्सी । चीनलाई विश्वकै एउटा वलियो शत्तिको रुपमा लिइन्छ । चीनको विकासलाई विश्वभरका मानिसहरुले नै प्रशशां गरेको अवस्थामा त्यहाँ पनि यस्तो एउटा गाँउ छ जुन गाँउको अवस्था हेर्दा चीनको विकास नै नभएको जस्तो भान हुन्छ । चीनको एक गाउँका १५ वटा स्कुलका छ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरु ८०० मिटरको अग्लो पहाडको उकालोमा खतरा मोल्दै विद्यालय जान्छन् […]

विश्व
९ पुष २०७४, आईतवार १३:२७
876 views 1 sec 0

यस्तो छ पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती

पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्तुगलमा।कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा कृषिक्षेत्रमा हुने श्रम शोषण र मानब तस्करी पोर्तुगल सरकारको टाउको दुखाईको बिषय बनेको छ।ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी सेफको […]

विश्व
९ पुष २०७४, आईतवार १३:१०
839 views 0 secs 0

राम्रो आम्दानी हुने लोभमा श्रीमती ईजरायल -पठाउदा , श्रीमती ईजरायली ट्याक्सी ड्राईभर सँग…

मेरो नाम दीपक आचार्य हो । घर चितवन । हाल बैदेशिक रोजगारीको सिलसिलामा कुँवेतमा छु । २१ वर्ष पहिले नवलपरासी जिल्ला कावासोतीकी चुनुउषा देवकोटासँग मेरो बिवाह भयो । हाम्रा दुई सन्तान पनि छन् । हाम्रो घरको आर्थिक अवस्था कमजोर भएकोले चुनुउषा र मैले सल्लाह गरेर परदेशियौं । चुनुउषा इजरायलमा केयरगिभर (सुसारे) छन भने म हाल […]

विश्व
८ पुष २०७४, शनिबार १५:१२
945 views 0 secs 0

अमेरिकाको टेक्सासस्थित चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् ।टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार […]

विश्व, समाज
८ पुष २०७४, शनिबार १४:१४
814 views 0 secs 0

१६ वर्षका कन्डक्टरले चलाएको बस दुर्घटना हुँदा राजस्थानमा ३२ जनाको मृत्यु

पुस ८ –भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदीमा खसेर बस दुर्घटना भएको हो । प्रहरीका अनुसार बसका चालक निदाइरहेका थिए । १६ वर्षका कन्डक्टरले बस चलाइरहेका बेला बसले नियन्त्रण गुमाउँदै […]

विश्व
७ पुष २०७४, शुक्रबार १४:५४
1007 views 0 secs 0

प्रहरी चौकीमा कारबम विस्फोट हुदा आठ व्यक्तिको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ ।यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ । बिहीबार राती तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोटन गराएका थिए । प्रहरीका अनुसार […]

विश्व
७ पुष २०७४, शुक्रबार १३:२०
716 views 0 secs 0

नेपालले युएनमा अमेरिकाको विपक्षमा भोट हाल्यो

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा मतदान गरेको छ। जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाका घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको हो। केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए। विवादित जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको चर्को विरोध भएको थियो। राष्ट्रसंघीय महासभाले अमेरिकालाई सो मान्यता फिर्ता लिन प्रस्ताव ल्याएको […]

विश्व
७ पुष २०७४, शुक्रबार ११:४३
737 views 2 secs 0

अष्ट्रेलियाले आईएसविरुद्धको कारवाही रोक्ने

पुस ७, २०७४ – अष्ट्रेलियाले इराक र सिरियामा इस्लामिक अतिवादी संगठन आईएसविरुद्धको हवाई कारवाही रोक्ने भएको छ । सो क्षेत्रमा हवाई कारवाही गर्दै आएको अष्ट्रेलियाले ६ वटा लडाकु जेट बिमान फिर्ता बोलाउने निर्णय गरेको छ । इराकले आईएसविरुद्ध विजय घोषणा गरेपछि यस्तो निर्णय लिइएको रक्षा मन्त्री मरिस पेनले बताए । यद्यपी इराक सरकारको आग्रहमा अनुगमनमा […]