देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:३१
633 views 0 secs 0

सरकारले आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप, हस्तक्षेप गर्न आयोगलाई आग्रह

काठमाडौं- नेकपा एमालेले निर्वाचन आचारसंहिताविपरीत सरकारका पछिल्ला कदमप्रति आपत्ति जनाउँदै कडाइका साथ हस्तक्षेप गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। आज बिहान बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुंग पार्ने कार्य तत्काल रोक्न सरकारसँग मागसमेत गरेको छ। बैठकले सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउन […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:२९
541 views 3 secs 0

मतदाता फकाउँदै पाण्डे र बुर्लाकोटी

भरतपुर : चितवन क्षेत्र नम्बर ३ का प्रतिनिभिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले आफूले मंसिर २१ गते हुने निर्वाचन जितेमा देशको प्रधानमन्त्री हुने दाबी गरेका छन्। ‘मैले चुनाव जितेमा यो मुलुकको प्रधानमन्त्री हुने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष होइन’, उनले भने। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री पाण्डेले वाम उम्मेदवार पुष्पकमल […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १५:४५
695 views 0 secs 0

अवैध सम्बन्धबाट जन्मिएको शिशु मारेको अभियोगमा देवर-भाउजू पक्राउ

नुवाकोट: अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा प्रहरीले नुवाकोटको तारुकाका देवर/भाउजुलाई पक्राउ गरेको छ। दुबैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं. २ तारुकाका एक महिला र उनका देवरले अवैध सम्बन्धबाट जन्मिएकी छोरीलाई मारेर फालेको अभियोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक […]

देश, राजनीति, विश्व
१३ मंसिर २०७४, बुधबार १५:१५
745 views 0 secs 0

भिसा नभएपछि तीन नेपाली युएईमा पाँच महिनादेखि अलपत्र

मसिर १३ – पाँच महिना अघि युएई आएका तीन जना नेपाली अलपत्र परेका छन । कम्पनीले वेवास्ता गरेपछि उनीहरु अलपत्र परेका हुन । भिसा नलगाइदिएको, डिपीएस नगराएको र काममा पनि नखटाएपछि उनीहरु समस्या परेका छन् । झापाका प्रकाश गिरी, रुकुमका मधु पुन र सुर्खेतका विजयकुमार ठाडा अलपत्र परेका छन् । उनीहरु दुवईको चिन्तन सेक्युरिटी कम्पनीमा […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १५:१४
690 views 0 secs 0

बुथ कब्जा गर्न नदिएको भन्दै कांग्रेस प्रतिनिधिमाथि रोल्पामा माओवादीको आक्रमण

रोल्पा, मंसिर १३ — चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारकाे अाराेप छ । माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:३८
797 views 0 secs 0

मत परिणामका लागि धैर्य गर्न गाह्रो

बैतडी,मंसिर १३ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएको बैतडीका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । पहिलो चरणको चुनावको मतपरिणाम पनि दोस्रो चरणको चुनाव पछि आउने भएकोले मतदातालाई कुर्न गाह्रो भएको हो । मंसिर १० गते शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भए पनि लामो समयसम्म कुर्नुपर्दा कतै अप्रिय घटना घट्ने त होइन भन्ने […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:३२
871 views 0 secs 0

सिन्धुलीमा बम विस्फोट

सिन्धुलीः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोलामा गएराति चुनावी प्रचारको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ। हरिहरपुगढी गाउँपालिकाका अध्यक्ष काल्साङ थिङसहित चुनावी प्रचारको टोली चढेको बा १५ च २७४७ नम्बरको गाडीलाई लक्षित गर्दै प्रेसर कुकर विस्फोट गराइएको अध्यक्ष थिङले बताए। क्यानखोलाको बगरमा बालुवामा छोपी राखेको बम विस्पोट हुँदा मानवीय क्षति नभएपनि बालुवाले गाडी छोपिएको थिङले […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:०६
730 views 0 secs 0

३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम

जाजरकोट : ३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम ल्याइएको छ। आइतबार बेलुका ५ बजे मतदान सकिएलगत्तै मतदानस्थलबाट मतपेटिका बोकेर सदरमुकाम हिँडेका कर्मचारी ३० घण्टा लगाएर मंगलबार बेलुका  सदरमुकाम आइपुगे। तीन दिन लगाएर मतपेटिका ल्याएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मी थाकेर लखतरान देखिन्थे। बारेकोट गाउँपालिका ९ सिलिङ्चौर ख मतदान केन्द्रका मतदान अधिकृत […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:०४
761 views 1 sec 0

ललितपुरमा १८ वर्षपछि कमब्याक गर्ने एमालेको दाउ, शाख जोगाउने कांग्रेसको प्रयास

१३ मंसिर, काठमाडौं । माओवादीसँग चुनावी तालमेल गर्दा एमालेले धेरै ठाउँमा आफूले जित्ने आँकलन गरिएका सिटहरु पनि छाड्नुपर्‍यो । तर, ललितपुरमा भने माओवादीका साथमा एमालेले १८ वर्षपछि कमब्याक गर्ने रणनीति बनाएको छ । एमालेले ०५६ सालपछि ललितपुरमा चुनाव जितेको छैन । पहिलो संविधानसभा चुनावमा ललितपुरका तीनैवटा सिट माओवादीले जित्यो । ६ वर्षपछि भएको चुनावमा माओवादी […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:०१
558 views 0 secs 0

‘म कांग्रेस पार्टीको अध्यक्ष होइन, आचारसंहिता उल्लंघन गरेर हिँड्न’

भद्रपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै ठूला मिडियालाई विज्ञापन नदिएको बताएका छन्। झापाको भद्रपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै ओलीले आफूले नभइ आफ्ना शुभचिन्तकले ठूला अखबारमा शुभकामना दिएको हुनसक्ने बताए। उनले भने, ‘मैले कुनै अखबारलाई विज्ञापन दिएको छैन। कसैले एमालेलाई सहानुभूति राखेर शुभकामना दिन्छ भने त्यो त राम्रै कुरा हो नि। फेरि […]