देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:३३
641 views 4 secs 0

निर्वाचनमा खटिए ११ सय कर्मचारी

मंसिर १९, २०७४-एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा रहेको पर्वतमा ११ सय निर्वाचन कर्मचारी खटिएका छन् । ७४ मतदानस्थलका १३९ मतदान केन्द्रमा १३९ मतदान अधिकृत र त्यत्तिकै संख्याका सहायक मतदान अधिकृत खटिएका हुन् । सबै मतदान केन्द्र गरी ११ सय १२ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ । हरेक मतदान केन्द्रमा एक–एक […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:२७
665 views 3 secs 0

खगराज भट्टलाई ताकेर बम प्रहार

मंसिर १९, २०७४-वाम गठवन्धनका उम्मेदवार खगराज भट्टलाई लक्षित गरेर गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार  जोगबुढाको चुनावी सभालाई सम्बोधन गरेर फर्कँदै गर्दा आलिताल गाउँपालिका-८ मौरिया भन्ने स्थानमा अज्ञात समूहबाट  बम विस्फोटन गराइएको हो । ‘उम्मेदवारको गाडी बालबाल बच्यो,’ प्रचार समितिका संयोजक गजेन्द्र शाहीले भने, ‘उम्मेदवारको गाडी पुग्न केही […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:२४
648 views 5 secs 0

बुढेसकालसम्म अधुरै भोट हाल्ने धोको

  नागरिकता बनाइदिन हारगुहार गर्दै हरिणमरीका नागरिकताविहीन महिला (बायाँ), सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको पीडाले भक्कानिँदै जागोदेवी चमार । राजकरण महतो हरिणमरी: निर्वाचनको मिति नजिकियो । भोट कसलाई हाल्ने भनी अन्तिम मन्थनमा छन् मतदाता । हरिणमरीकी ६० वर्षीया जागोदेवी चमार भने निर्वाचन नजिकिएसँगै चिन्तामा छिन् । उनका समवयीहरू भोट खसाल्न जाने तयारीमा छन् । उनले भने मतदान […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:२२
582 views 2 secs 0

महिला उम्मेदवार एक तिहाइभन्दा कम

काठमाडौं: संविधानले संघीय संसद्मा एक तिहाइ सदस्य महिला उम्मेदवार हुनुपर्ने बाध्यकारी व्यवस्था गरे पनि दलले प्रतिनिधिसभामा दिएको उम्मेदवारीको तथ्यांकले भने ठीक विपरीत देखाएको छ। संविधानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ। उम्मेदवारी नै नदिई निर्वाचित हुने कल्पना संविधानले गरेको छैन। प्रतिनिधिसभा गठनसम्बन्धी संविधानको […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:२०
635 views 3 secs 0

१२ वर्षदेखि न्याय खोज्दै बाँदरमुढेपीडित

माडी (चितवन): देवेन्द्रपुरकी ३८ वर्षीय यमकला च्वाईलाई बाँदरमुढे घटना सम्झँदा अझै कहाली लाग्छ। गर्भ परीक्षण गराउन जाने क्रममा उनी घटनामा परेकी थिइन्। चार महिनाको गर्भ परीक्षण गराउन वसन्तपुर जान लाग्दा बसमा चढेको केही समयमै बम विस्फोट भएको थियो । त्यतिबेला उनी २६ वर्षकी थिइन् । एक महिना छाउनीमा उपचार गराएर घर फर्किएकी उनले आफू अझै काम […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:१७
606 views 1 sec 0

उपत्यकामा बम आतंक

काठमाडौं: प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता गगन थापासहित १२ घाइते भए। गगन चपली हाइटमा घरदैलो कार्यक्रम गरिरहेकै बेला बम विस्फोट भएको थियो । विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले गराएको आशंका प्रहरीले […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:१५
571 views 5 secs 0

बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’

काठमाडौं: ‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है…’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए । बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा घरदैलो गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई उनी आफैंले स्थगन गर्दै मध्याह्न १२ बजेको समय मिलाएका थिए। चुनाव प्रचारको अन्तिम दिन भएका कारण उनी साढे ११ बजे निर्धारित स्थानमा हस्याङफस्याङ गर्दै पुगे । कांग्रेस युवा […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:१३
592 views 0 secs 0

सुरू भयो मौन अवधि

काठमाडौं : दोस्रो चरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सोमबारदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त बने । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रदेश ७ का कार्यक्रममा व्यस्त रहे भने एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंका वाम उम्मेदवारका सभामा सहभागी भए । […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:१०
633 views 0 secs 0

मतपेटिका जोगाउन मुसालाई पासो

लिबाङ : सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:०८
697 views 15 secs 0

मतदाता भन्छन्– भारतीय थिचोमिचोविरुद्ध बोलिदिनुपर्‍यो

विराटनगर: जहदा गाउँपालिकाको तारेगामाका गुलावचन साह भारतीयले दसगजा मिचेर बनाएको पक्की सडकका विषयमा सरकारले तड्कारो रूपमा कुरा उठाउन नसकेकोमा दुःख व्यक्त गर्छन् । ‘नेपाल–भारत सीमा छुट्याउने दसगजा मिचेर भारतले सडक बनाएको छ । नेपाली भूमि मिचेर भारतीयको बस्ती नै बसाइएको छ’, उनी भन्छन्, ‘अहिलेसम्म सरकार मौन छ । स्थानीयको विरोधले मात्र भारतीय पक्ष टेर्नेवाला छैन ।’ […]