देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १४:४३
669 views 0 secs 0

चुनाव प्रचारमा गएका ठकुरी एक सातादेखि बेपत्ता

१९ मंसिर, दुनै, डोल्पा । डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् । मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथीहरुसँग सम्पर्कविहीन […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १४:४१
644 views 0 secs 0

उम्मेदवार राई चढेको गाडीमा बम प्रहार, यसरी बाँचे उनी

दमक, १९ मंसिर – संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् । ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए । चुनावी […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:५३
695 views 0 secs 0

रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन

बुटवल : प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ। मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार जिल्लामा ५ सय ९८ केन्द्रमा मतदान सामग्री पठाई सकिएको छ।जिल्लामा कुल ५ लाख […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:२९
704 views 0 secs 0

उम्मेदवार भट्टको घर लक्षित गरेर बम विष्फोट

कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:२४
697 views 0 secs 0

इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

इलाम । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन […]

देश, राजनीति
१९ मंसिर २०७४, मंगलवार १३:२१
916 views 0 secs 0

परशुराम नगरपालिकामा भेटिएको बम निस्कृय

डडेल्धुरा, १९ मंसिर : डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ ।  फाईल फोटो परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो । परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजारमा रहेको जोगबुढा बसपार्क नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:४८
685 views 0 secs 0

बारामा ४ हजार बढी सुरक्षाकर्मी परिचालन

बारा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बारामा ४ हजार १ सय २२ जना सुरक्षाकर्मी खटाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले निर्वाचन सुरक्षालाई मजबुद बनाउन म्यादी प्रहरी र नेपाल प्रहरी गरी ४ हजार १ सय २२ जना सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो। कार्यालयले प्रत्येक उपमहानगरपालिका र नगरपालिकाको हकमा ३÷३ जना प्रहरी निरीक्षक, […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:४५
634 views 0 secs 0

उम्मेदवारको ‘निद्रा हराम’

बागलुङ / रास– चुनावी अभियानमा थाकेका उम्मेदवारले मतदान सकिएपछि पनि चैनसँग आराम गर्न पाएका छैनन् । मतदान सम्पन्न भएलगत्तै मतगणना नहुँदा उम्मेदवार, कार्यकर्ता तथा मतदाताहरूमा मत परिणामप्रति चासो बढ्दै गएको छ । दोस्रो चरणको चुनाव २१ मंसिरमा सम्पन्न भएपश्चात् मात्र मतगणना हुने भएपछि प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूलाई मतदानअघिका दिनभन्दा बाँकी ११ दिन निकै कष्टकर भएको […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:४४
624 views 0 secs 0

निर्वाचन आयोगको चेतावनी, ‘मौन अवधि उल्लंघन गरे उम्मेदवारीसमेत रद्द हुने

काठमाडौं । मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणअन्तर्गतको निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । यस मौन अवधिभर चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेद्वारको उम्मेद्वारी रद्दसम्मको कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ । दोस्रो चरणमा ४५ जिल्लामा बिहीबार मतदान हुँदैछ। मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:३१
707 views 0 secs 0

सर्लाहीमा बम विस्फोट

सर्लाही / रास– सोमबार बिहान सर्लाहीको कर्मैयामा पे्रसर कुकर बम विस्फोट भएको छ । कर्मैयाको पुतली चोकबाट करिब ३ किलोमिटर दक्षिण गोडारी खोलाको डाइभर्सनमा बम विस्फोट भएको हो । बिहान ६ बजेतिर ठूलो आवाजमा बम विस्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास पे्रसर कुकर र बमको छर्रा छरिएको अवस्थामा भेटिएको छ । […]