654 views 0 secs 0 comments

उम्मेदवार भट्टको घर लक्षित गरेर बम विष्फोट

In देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:२९

कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ ।

भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।