राजनीति
३१ बैशाख २०७६, मंगलवार १५:५०
873 views 0 secs 0

मिर्मिरे , नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले आपसमा सम्झौता…

नेपाल स्टक एकसचेञ्जमा सूचीकृत तीन लघुवित्त कम्पनीले मंगलबार मर्जरमा जाने सम्झौता गरेका छन् । मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले मंगलबार संयुक्त समारोहमा एक आपसमा मर्जरको सम्झौता गरेका हुन् । मिर्मिरे लघुवित्तका सन्तोष फुयलको संयोजकत्वमा नागबेलीका संजय कुमार श्रेष्ठ र किसानका खिमाराज न्यौपाने सहितको तीन सदस्यीय मर्जर समितिबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । […]

राजनीति
३१ बैशाख २०७६, मंगलवार १४:१५
657 views 1 sec 0

सरकारलाई मुद्दा जितायो, जेल र हिरासत सुधार्न महान्यायाधिवक्ताको सुझाव…

सरकारका मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताले देशभरका कारागार र प्रहरी हिरासतमा कैदी बन्दीलाई मानवोचित व्यवहार नभएको भन्दै सुधार गर्न सुझाव दिएका छन् । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरी हिरासत तथा कारागारको क्षमता विस्तार एवम् स्तर उन्नति हुनुपर्ने बताए । महान्यायाधिवक्ताको कार्यालयबाट यस आर्थिक वर्षमा २४ जिल्लाका ३७ हिरासत कक्ष र १९ वटा […]

राजनीति
३१ बैशाख २०७६, मंगलवार ११:४०
1342 views 0 secs 0

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो गठनको अन्तिम तयारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो गठनको अन्तिम तयारी गरेको छ। आगामी जेठ ३ गते पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्य विभाजनको घोषणा गर्ने तयारी नेकपाले गरेको हो। गत ९ गते जिल्ला नेतृत्व घोषणा गरेको नेकपाले प्रदेश तहको नेतृत्व पनि टुंगो लगाइसकेको छ। नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम टुंगो […]

राजनीति
३० बैशाख २०७६, सोमबार १३:४२
713 views 1 sec 0

मुख्यमन्त्री पोखरेलको तीन वर्षभित्र आर्थिक वृद्धि दर दुई अंकमा पुर्‍याउने दावी…

  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धि दर दुई अंकमा पुर्‍याउने दावी गरेका छन् । उनले तीन वर्षपछि प्रदेश ५ को आर्थिक वृद्धि दर सातवटै प्रदेशमध्ये सबैभन्दा अगाडि हुने दावी गरे । सोमबार प्रदेश समन्वय परिषदको दोस्रो बैठक उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा पनि प्रदेश ५ ले […]

राजनीति
३० बैशाख २०७६, सोमबार १२:५७
947 views 0 secs 0

राजपालाई एकताको लागि पत्र पठाएर नयाँ शक्तिसँग एकीकरण…

राजपालाई एकताको लागि पत्र पठाएर नयाँ शक्तिसँग एकीकरण गरेको तत्कालीन संघीय समाजवादी फोरम हाल समाजवादी पार्टी र राजपाबीच एकताका विषयमा छलफल भएको छ। नयाँ शक्तिसँग एकीकरण गर्नुअघि तत्काली फोरमले राजपासँग एकता गर्न भन्दै पत्र पठाएको थियो। फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतमा वार्ता टोली नै गरेको छ। फोरमको पत्र पाएपछि उत्साहित बनेको राजपाले पनि नेता राजेन्द्र […]

राजनीति
३० बैशाख २०७६, सोमबार १२:३३
612 views 0 secs 0

प्रधानमन्त्रीओली : भियतनाम भ्रमण अत्यन्तै सफल…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिएका छन्। अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो। यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको […]

राजनीति
२९ बैशाख २०७६, आईतवार १७:५२
1927 views 0 secs 0

नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी: गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गरे। आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गर्ने पनि […]

राजनीति
२९ बैशाख २०७६, आईतवार १४:०४
715 views 0 secs 0

‘बाबुराममा फ्रस्ट्रेसन देखियो’भन्दै बजेटका सिद्धान्त र प्राथमिकताका टिप्पणी

नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन्। पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा […]

राजनीति
२९ बैशाख २०७६, आईतवार ११:४१
580 views 0 secs 0

महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीमा संचालन हुने

चक्रीय प्रणालीबाट संचालित राष्ट्रिय जनता पार्टी  (राजपा) ले कात्तिक २८ देखि ३० गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ। महाधिवेशनपछि राजपा एकल अध्यक्ष प्रणालीमा जाने भएको छ।  हाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ। अध्यक्ष मण्डलका सदस्यहरु दुई दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन्। अध्यक्ष मण्डलमा रहँदा नेताहरुको ध्यान नेतृत्वकालागि केन्द्रित हुने […]

राजनीति
२७ बैशाख २०७६, शुक्रबार १३:४१
834 views 1 sec 0

विप्लवका विद्यार्थी नेता ढकाललाई अनामनगरबाट पक्राउ…

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमबाट ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई पक्राउ गरिएको पुष्टि गरे। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको र उनीमाथि थप अनुसन्धान गरिने बोगटीले बताए।