देश
३ आश्विन २०७६, शुक्रबार १२:२४
491 views 0 secs 0

संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा…

संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ। असोज तीन गते मनाइने संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए। संविधानसभाबाट संविधान जारी हुँदा मुलुकको अवस्था सामान्य थिएन। मधेस केन्द्रित दल संविधान अपूर्ण रहेको भन्दै आन्दोलनमा […]

देश
३ आश्विन २०७६, शुक्रबार १२:०२
543 views 0 secs 0

विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट…

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको […]

देश, विश्व
३ आश्विन २०७६, शुक्रबार ११:४९
606 views 0 secs 0

यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइयो…

कम्पनीका कारण यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा उनीहरुलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका यी कामदारमध्ये १ सय २० लाई घर नेपाल […]

देश, समाज
२ आश्विन २०७६, बिहीबार १७:१२
537 views 2 secs 0

कैलालीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट बुधबार साँझ दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पैदल हिँडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका- ३ बस्ने १८ वर्षीय निखिल बिष्ट र बैतडीको दशरथचन्द नगरपालिका-२ घर भइ धनगढी उप-महानगरपालिका-३ बस्ने १९ वर्षीय राजेश भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

देश
२ आश्विन २०७६, बिहीबार १४:०५
559 views 0 secs 0

देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै…

देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक […]

देश, समाज
२ आश्विन २०७६, बिहीबार १३:५२
599 views 0 secs 0

झापामा जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना…

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए । सोही च्याउको तरकारी खाएका छिमेकीहरु […]

देश, स्वास्थ्य/जीवनशैली
२ आश्विन २०७६, बिहीबार १२:३७
804 views 0 secs 0

सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ओपिडीको टिकट आज निःशुल्क…

संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ। स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान […]

देश
२ आश्विन २०७६, बिहीबार १२:२७
622 views 0 secs 0

पत्रकार महासङ्घले पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह…

नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ। काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। बैठकले श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार […]

देश
२ आश्विन २०७६, बिहीबार १२:०५
679 views 0 secs 0

निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा…

निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् । पानीले बस्ती डुबे पनि मानवीय र भौतिक क्षति भने भएको छैन । केही दिनदेखि परेको वर्षाको पानीले निकास नपाएपछि जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाको खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै प्रभावित भएको छ […]

देश, समाज
१ आश्विन २०७६, बुधबार १५:३८
579 views 0 secs 0

निरन्तरको वर्षापछि आएको पहिरोका कारणले स्याङ्जामा दुई घर भत्किए…

निरन्तरको वर्षापछि आएको पहिरोका कारणले गदा स्याङ्जामा दुई घर भत्किएका छन । पहिरोले फेदीखोला गाउँपालिका ४ का जैसीडाँडा निवासी गोपाल दमाई र श्याम दमाईको घर गोठ भत्किएको र गोठमा रहेको एउटा भैसी मरेको छ। पहिरो प्रभावित परिवारलाई गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले त्रिपाललगायतका केही राहत सामग्री बाडिएको जनाइएको छ ।