देश
६ माघ २०७६, सोमबार १०:३९
698 views 0 secs 0

डोल्पामा हिमपात रोक्न हिउँमै बसेर लामा पूजा…

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात  रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।  तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।  ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले […]

देश
४ माघ २०७६, शनिबार १६:०१
5044 views 2 secs 0

बिद्रोहको गित गाएर सत्ता ढाल्न खोज्ने गायक ज्ञानेन्द्रको खोजी सुरु….

निरंकुश राज्यसत्ताले जनताको हितमा काम नगरेको भन्दै हजारौं नेपालीले बलिदानी गरेर यो व्यवस्था ल्याएको १५ वर्ष पुगेको छैन । तर यो व्यवस्था ढाल्न भन्दै खुलेआम गीत मार्फत आह्वान गरेर वर्तमान बहुमतको सरकारलाई चुनौती दिन थालिएको छ । कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका नेताले यो […]

देश, शिक्षा
२ माघ २०७६, बिहीबार १७:१९
861 views 0 secs 0

भोजपुरमा सरकारी विद्यालयमा विद्यार्थीहरुको आकर्षण…

अङ्ग्रेजी माध्यमको पठनपाठनप्रतिको बढ्दो आकर्षणले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने अभिभावकहरुको अभिरुची धेरै हुन्छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरले निरास बनेपछि गाउँबाट सदरमुकाम लगायत सहरबजारमा खोलिएका निजी विद्यालयप्रति अभिभावकको रुचि बढ्नु सामान्य हो । तर, भोजपुरको एक सामुदायिक विद्यालयमा भने ठिक विपरित भएको छ । सदरमुकाम नजिकै रहेको जनसेवा आधारभुत विद्यालयमा भने निजी विद्यालय […]

देश, राजनीति
२ माघ २०७६, बिहीबार १६:२९
612 views 0 secs 0

सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता…

नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ । मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई उक्त परिणामको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको हो । ‘साइटिस सन्धी र संकटापन्ना वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम जम्मा […]

देश
२ माघ २०७६, बिहीबार १५:०४
762 views 0 secs 0

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न अनुमति…

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा अभद्र व्यवहारको उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।  गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रशासनको अनुमतिलगत्तै […]

देश
२ माघ २०७६, बिहीबार १४:१३
731 views 0 secs 0

दुई हजार घुस लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ । आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।

देश
२९ पुष २०७६, मंगलवार १७:४५
548 views 0 secs 0

माघे संक्रान्तिका दिन प्रदेश १ मा सार्वजनिक विदा…

प्रदेश १ सरकारले माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गरेका छन् । माघेसंक्रान्तिका दिन अन्य प्रदेश सरकारहरुले पनि विदा दिएका छन् ।

देश
२९ पुष २०७६, मंगलवार १७:२०
726 views 0 secs 0

दिल्लीबाट चोरी भएको १ करोड कैलालीमा बरामद…

भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयाँ कैलाली प्रहरीले बरामद गरेको छ । जसको नेपाली रुपैयाँ १ करोड ३ लाख हुन आउँछ ।  बरामद रकमसँगै प्रहरीले तीन जनालाई समेत पक्राउ गरेको छ । यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार […]

देश, राजनीति
२९ पुष २०७६, मंगलवार १५:११
718 views 0 secs 0

विप्लव नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्ता कारागार चलान…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना […]

देश
२९ पुष २०७६, मंगलवार १४:११
675 views 0 secs 0

काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी…

राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता […]