देश
२५ मंसिर २०७५, मंगलवार १२:१०
859 views 0 secs 0

सरकारले कुटनीतिक मर्यादा विपरित काम गरेको नेता सिंहको आरोप

मन्थली। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले आफ्नो कुटनीतिक मर्यादा बिर्सिएर अनावश्यक विवादमा तानिएको टिप्पणी गरेका छन्। मंगलबार प्रेस युनियन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले विवादस्पद संस्थाको कार्यक्रममा सरकारकै आयोजना जस्तो गरी प्रस्तुत हुनु मुुलुकका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन्। सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नुपर्ने […]

देश
२४ मंसिर २०७५, सोमबार १४:२८
1711 views 0 secs 0

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

काठमाडौँ– युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले जानकारी […]

देश
२४ मंसिर २०७५, सोमबार १३:२०
674 views 0 secs 0

ओकुबोमा युनिमनीको शाखा

टोकियो- जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको युनिमनी रेमिटले आफ्नो पहिलो शाखा विस्तार गरेको छ। जापानको “मिनी नेपाल” भनेर चिनिने टोकियोको ओकुबो स्थित कार्यलयको मंगलबार शाखा उद्घाटन गरिएको हो। छोटो समयमै सेवा विस्तार गरिरहेको युनिमनी रेमिटले उच्च रेट र छिटो सेवाका कारण जापानवासी नेपाली ग्राहकहरूलाई आकर्षित गर्ने कम्पनीका निर्देशक केनसुके साकानेले बताए। ओकुबो क्षेत्रमै […]

देश
२४ मंसिर २०७५, सोमबार १२:५९
745 views 0 secs 0

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा। सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले […]

देश, समाज
२४ मंसिर २०७५, सोमबार ११:०८
1421 views 0 secs 0

नेपालमा महिला हिंसा : आफ्नैबाट बढी पीडित

घटना १ जोरपाटीमा बस्ने हरिकला ओझा (नाम परिवर्तन) एक हप्ताअघि न्याय र सुरक्षाको माग गर्दै एउटा संस्थामा आइपुगिन् । हरिकलाको आरोप के थियो भने उनका श्रीमान्ले उनलाई पटक पटक घरेलु हिंसा र बलात्कार गरे । धामी काम गर्ने उनका श्रीमान्ले फुकफाक गर्ने क्रममा अरू महिलालाई पनि यौन हिंसा गर्ने गरेका रहेछन् । पछि कुरा कोट्याउँदै […]

देश
२३ मंसिर २०७५, आईतवार ११:००
868 views 0 secs 0

गरिब भएकै कारण अन्याय नहोस्’

उल्टाखाम(कञ्चनपुर) – निर्मला पन्तको हत्या प्रकरणमा छानबिनका लागि पछिल्लोपटक पक्राउ परेका प्रदीप रावल र विशाल चौधरी दुवै गरिब परिवारका हुन् । प्रहरीले दुवैजनासँग काठमाडौंमा बयान लिइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि ज्यालादारीमा काम गर्दै आएका भीमदत्त नगरपालिका– १८ का चौधरीले कक्षा ५ सम्म पढेका छन् । उनका बुवा पनि मजदुरी काम गर्थे । […]

देश
२३ मंसिर २०७५, आईतवार १०:४५
907 views 0 secs 0

प्रधानमन्त्री कार्यालयमा अन्तरप्रदेश परिषद बैठक बस्दै

काठमाडौं – अन्तरप्रदेश परिषद बैठक आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान पछि बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुने छ। सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका मन्त्रीहरुलगायतकाे सहभागी हुने बैठकमा संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गरिने बताइएकाे छ। स्रोतका अनुसार बैठकमा […]

देश
२२ मंसिर २०७५, शनिबार १०:२८
681 views 0 secs 0

जिसिएम महासभा : वैदेशिक रोजगारमा शून्य लागत

काठमाडौं। सुरक्षित व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा कोलम्बो प्रोसेसमा आबद्ध एसियाका १२ राष्ट्रिको साझा धारणा तयार पार्ने विषयमा केन्द्रित जिसिएम महासभा मोरक्कोमा हुँदैछ। मोरक्कोमा हुने महासभामा नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको हकमा शून्य लागत र हक अधिकारको कुरा उठान गर्ने भएको छ। मोरक्कोमा हुने जिसिएम महासभामा नेपालले वैदेशिक […]

देश
२१ मंसिर २०७५, शुक्रबार १६:३६
711 views 0 secs 0

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ। काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो। सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो […]

देश
२० मंसिर २०७५, बिहीबार १५:०६
996 views 0 secs 0

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

काठमाडौ– निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्। सरकार भेटियो, न्याय भेटिएन, दण्डहीनता मौलायो, अपराधीलाई खोज्न राज्य असफल भयो भन्दै नाराबाजी गरिएको […]