
टोकियो- जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको युनिमनी रेमिटले आफ्नो पहिलो शाखा विस्तार गरेको छ। जापानको “मिनी नेपाल” भनेर चिनिने टोकियोको ओकुबो स्थित कार्यलयको मंगलबार शाखा उद्घाटन गरिएको हो।
छोटो समयमै सेवा विस्तार गरिरहेको युनिमनी रेमिटले उच्च रेट र छिटो सेवाका कारण जापानवासी नेपाली ग्राहकहरूलाई आकर्षित गर्ने कम्पनीका निर्देशक केनसुके साकानेले बताए। ओकुबो क्षेत्रमै पहिलो शाखा किन? भन्ने संचारकर्मीहरूको प्रश्नमा निर्देशक साकानेले नेपालीहरूका साथै विदेशी नागरिकहरूको बाक्लो बसोबास रहेकोले ओकुबोलाई रोजेको बताए।
कार्यक्रममा युनिमनीबाट पैसा पठाएमा नेपालभर बैंकमा जम्मा गर्न सकिने उनले बताए। साथै अनलाइनबाट पनि पैसा पठाउन सकिने कार्यक्रममा जानकारी दिईएको थियो। कम्पनीले डिसेम्बर ३१ तारिखसम्म ओकुबो शाखाको काउण्टरबाट पहिलो पल्ट पैसा पठाउने प्रत्येक ग्राहकहरूलाई बिना शुल्क पैसा पठाउने सुबिधाको साथै अन्य गिफ्ट ह्याम्पर समेत उपलब्ध गराउने बताएको छ।