
काठमाडौ– निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्।
सरकार भेटियो, न्याय भेटिएन, दण्डहीनता मौलायो, अपराधीलाई खोज्न राज्य असफल भयो भन्दै नाराबाजी गरिएको थियो। नाराबाजीलगत्तै प्रहरीले प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।