837 views 0 secs 0 comments

प्रधानमन्त्री कार्यालयमा अन्तरप्रदेश परिषद बैठक बस्दै

In देश
२३ मंसिर २०७५, आईतवार १०:४५

काठमाडौं – अन्तरप्रदेश परिषद बैठक आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान पछि बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुने छ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका मन्त्रीहरुलगायतकाे सहभागी हुने बैठकमा संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गरिने बताइएकाे छ।

स्रोतका अनुसार बैठकमा मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा भएका प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन्। मुख्यमन्त्रीहरुले आफ्नो धारणा राखिसकेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्।