सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा […]
विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आज (बिहीबार) विहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको […]
उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए । अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । महानगरीय प्रहरी परिसर […]
चीनमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् । बुधबार विहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् […]
शहीद स्मारक ‘ए’ डिभिजन लिग अहिले उपाधि होडदेखि रेलिगसन जोनसम्म रोमाञ्चक मोडमा पुगेको छ । दशौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएपछि अहिले उपाधि होडमा २ क्लब देखिएका छन्, त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब । रेलिगेसन जोनमा अर्को विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब रहेको छ । दशौं […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले उसलाई त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डको भनाइ छ । बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै समस्या देखिए पनि केही […]
वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा अग्नी नियन्त्रक, सुरक्षाकर्मी तथा स्थानीबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो ।मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको […]
नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.७३ र बिक्रीदर ११४.३३ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२५.७३ र बिक्रीदर १२६.३९ रुपैया रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १४७.९७ र बिक्रीदर १४८.५ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३१.२४ र बिक्रीदर ३१.४० रुपैयाँ […]
ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।