Home > Articles posted by NewsDesk (Page 76)
FEATURE
on ११ फाल्गुन २०७६, आईतवार १०:३७
738 views 0 secs

आइतबार र साेमबार पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।  जल तथा माैसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लागेको छ । आइतबार दिउँसो घाम लागे पनि बेलुकीपख फेरि बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण […]

FEATURE
on ११ फाल्गुन २०७६, आईतवार १०:२२
730 views 1 sec

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोलले पराजित भएको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले एक-एक गोल गरे । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ४८ औं मिनेटमा अलन्सोले गोल गर्दै […]

FEATURE
on ११ फाल्गुन २०७६, आईतवार १०:१०
602 views 0 secs

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरको भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको हो । थोकरको गजुरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान करिब पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रूपक खड्काले जानकारी दिए । सिमेन्ट बोकेर वीरगञ्जबाट बनेपा जाँदै गरेको ना […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १७:४१
698 views 0 secs

बाजुराको बडीमालिका नगरपालिका–९ मा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बम निष्कृय पार्दा भएको बिष्फोटले एक जनाको घर चर्किएको छ । शुक्रबार राति रेडियो बाजुरा नजिक कालो झोलामा बम भेटिएको थियो । सो बम शनिबार बिहान समरजित गुल्मका सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १७:२२
659 views 0 secs

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । सोही बसमा सवार […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १७:०६
632 views 6 secs

रुपन्देही, कास्की, कैलाली, चितवन, नवलपारसी(पश्चिम) र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ मंगलापुरमा लु.४० प ५९४८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक बुटवल उपमहानगरपालिका-६ बस्ने ३२ वर्षीय रोशन गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १६:४४
767 views 0 secs

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ ।  शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ ।  त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो ।  महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १६:२४
629 views 0 secs

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् ।  शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।  सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १६:०६
540 views 0 secs

कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते […]

FEATURE
on १० फाल्गुन २०७६, शनिबार १०:५६
1110 views 0 secs

आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता […]