कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ । दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । रासकोटबाट जितेगडा यात्रु पुर्याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । यात्रु झारेर […]
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएको खुल्न आएको छ । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री ल्याउने विषयमा उहाँले परामर्थ अगाडि बढाउनु भएको हो । यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो […]
काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङको मृत्यु […]
एप्पलले गत मार्च महिनामा आफ्नो वायरलेस एयरबडको रुपमा एयरपड्स प्रो लञ्च गरेको थियो । एयरपड्स प्रोमा एक्टिभ न्वाइज क्यान्सिलेसन फिचरलगायतका कैयन् अत्याधुनिक फिचरहरु उपलब्ध छन् । निकै नै उत्कृष्ट भएता पनि चर्को मूल्यका कारण एप्पलका धेरै फ्यानहरु यो एयरपड्स किन्न हच्किनु परेको छ । यहीँ यथार्थलाई मध्यनजर गर्दै एप्पलले सस्तो मूल्यको एयरपड्स ल्याउने भएको छ […]
कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार रहेका छन् । कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
पोखरा फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे […]
पर्साको जिराभवानी गाउँपालिका-५ हरैयामा आगलागी भएको छ । आगलागीबाट एउटा घर र गोठ जलेर क्षति भएको छ । आगलागीबाट स्थानीय सुरेन्द्र भण्डारीको घर र अमिना चौधरीको गोठमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएको आगोले उनको गोठसँगै भण्डारीको खपडाको घरसमेत जलेर क्षति पुगेको हो । आगलागीबाट अन्नपात, लताकपडा […]
प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ डांगीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, […]
सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो […]
ललितपुर–४, जावलाखेलमा रहेको पशुपति भिभान्ता नामक जुस स्टोरमा चोरी गरेको आरोपमा सोही पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा खगेन्द्रकुमार थापा छन् । अनुसन्धानका क्रममा शंकास्पद लागेपछि काठमाडौं–१४, कलंकीस्थित उनको डेरामा खनतलासी लिँदा जस्तामाथि बोराभित्र लुकाएको अवस्थामा २० लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । साथै, घटनास्थलमा प्रयोग भएको छाता, मोबाइल, […]