मकवानपुर, सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मकवानपुर, गढी गाउँपालिका–२ गैरी भन्ज्याङस्थित सडकमा ना ३ ख ३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी गाउँपालिका–७ सुकौरा बस्ने ३५ वर्षीय सोम बहादुर रुम्बा लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको […]
कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ । कम्पनीको दुई वटा जेसिभी दुई वटा स्काभेटर र दुई वटा स्कारपियोमा आगजनी भएको हो । हुलाकी मार्ग निर्माण […]
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुख्य आरोपितमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार अदालतमा उपस्थित गराएपछि न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले थुनामा राख्ने आदेश दिएको हो । हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी […]
गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो । बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा उपप्रमुख फुलमाया […]
कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला मास्कमा कालोबजारी गर्ने कारबाहीमा परेका छन् । अहिले बचारमा कोरोना भाइरसबाट बच्नका लागि मास्कको माग अत्यधिक छ । यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो । विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि […]
कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ । अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ । […]
डोल्पाको त्रिपुरासुन्दरीमा बुधबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपका चालक ठूलीभेरी नगरपालिका–५ का २३ वर्षीय पञ्चेबहादुर बुढा रहेका छन् । भे.१ च २४४६ नम्बरको जिप अनियन्त्रित भई त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सडकबाट करिब २ सय मिटर तल खस्दा चालक बुढा गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा […]
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए । रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक […]
सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए । दैलेखको धरमपोखराबाट सुर्खेत […]
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक […]