640 views 0 secs 0 comments

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै मास्कमा कालोबजारी गर्नेलाई २ लाख रुपैयाँ जरिवाना…

In देश
२२ फाल्गुन २०७६, बिहीबार ०८:०५

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला मास्कमा कालोबजारी गर्ने कारबाहीमा परेका छन् । अहिले बचारमा कोरोना भाइरसबाट बच्नका लागि मास्कको माग अत्यधिक छ । 
यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो । 
विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि  २ लाख रुपैयाँ जरिवाना गराएको छ।  
क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई  समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५–५ हजार जरिवाना गराइएको छ । सचिन ट्रेडले बिल देखाउन नसक्दा जरिवाना गरिएको हो भने अन्यले बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएपछि जरिवाना गरिएको हो ।