Home > Articles posted by NewsDesk (Page 64)
FEATURE
on २ चैत्र २०७६, आईतवार १६:१७
514 views 0 secs

गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी […]

FEATURE
on १ चैत्र २०७६, शनिबार १५:२१
537 views 0 secs

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको […]

FEATURE
on १ चैत्र २०७६, शनिबार ११:२८
488 views 0 secs

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । […]

FEATURE
on २९ फाल्गुन २०७६, बिहीबार २०:३१
491 views 0 secs

नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका तनहूँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ परेका छन् । रोल्पाको सनुछहरी गाउँपालिकाका ३९ बर्षीय पूर्णजीत पुन र तनहुँको बन्दीपुर गाउँपालिकाका २१ बर्षीय पर्वतबहादुर सेढाईलाई बुधबार लक्ष्मीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार पुन तनहूँ जिल्ला इन्चार्ज हुन् भने सेढाईं विद्यार्थी संगठनका कार्यकर्ता हुन् । […]

FEATURE
on २९ फाल्गुन २०७६, बिहीबार १६:१२
529 views 1 sec

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु भएको छ । पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका-७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का […]

FEATURE
on २७ फाल्गुन २०७६, मंगलवार २०:३७
492 views 0 secs

प्रहरीले ललितपुरको गुह्यपोखरीमा हत्या गरिएका मजदुर हरि खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको गढी-१, पिङडाँडा घर भएका १९ वर्षीय धने भनिने आरुष थिङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको हो । मूर्तिको काम गर्ने खड्काको २८ साउनमा कुटपिट गरी हत्या भएको थियो । महाशाखाका प्रमुख […]

FEATURE
on २७ फाल्गुन २०७६, मंगलवार १८:३६
640 views 0 secs

अवैध रुपमा अमेरिकी डलर बोक्ने एक जना सिंगापुरे नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । काठमाडौंबाट सिंगापुर जान लागेका के ०९२६००२ जी नम्बरको राहदानी बाहक ५७ वर्षीय टानघीम चोइङ्ग ११ हजार २ सय ७७ रुपैयाँ युएस डलरसहित पक्राउ परेका हुन् । विमानस्थलमा उनले बोकेको हाते झोला चेकजाँच गर्ने क्रममा युएस डलरसहित १ लाख […]

FEATURE
on २७ फाल्गुन २०७६, मंगलवार १०:२९
571 views 0 secs

प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ गरेको छ । दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतम कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली […]

FEATURE
on २७ फाल्गुन २०७६, मंगलवार १०:२३
536 views 0 secs

गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ । बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि […]

FEATURE
on २६ फाल्गुन २०७६, सोमबार १५:३६
527 views 0 secs

मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्ति ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिकाका ४२ वर्षीय विनोद श्रेष्ठ छन् । उनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले पक्राउ गरेको हो । कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंकाका आधारमा जाँच्ने क्रममा कालिमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको […]