मंसिर २६, २०७४ चितवन : यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क-९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन […]
मंसिर २६, २०७४ कालिकोट : जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। सोमबार राति अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्यधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलीले बताए। ‘अवस्था निकै जटिल थियो। राति अप्रेसन गरेर बच्चा […]
काठमाडौं, २६ मंसिर — भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र फिल्म अभिनेत्री अनुष्का शर्माले सोमवार इटालीमा विवाह सम्पन्न गरेका छन् । ट्विटरमा संयुक्त तस्वीर शेयर गरेर उनीहरूले सबै अनुमानलाई विश्राम दिएका छन् । विराट र अनुष्काको बिहेको प्रीतिभोज दिल्ली र मुम्बईमा हुनेछ । पहिलो प्रीतिभोज २१ डिसेम्बरमा दिल्लीमा हुनेछ भने दोस्रो प्रीतिभोज मुम्बईमा २६ […]
काठमाडौं, २६ मंसिर – काठमाडौं बत्तीसपुतलीको शिल्पी थिएटरमा उपेन्द्र सुब्बाको नाटक ‘हरियो ढुंगा’ मञ्चन हुने भएको छ । नाटककर्मी सुनील पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटक भुटानी शरणार्थीको कथामा आधारित छ । उक्त नाटक सुब्बाको ‘लाटो पहाड’ कथा संग्रहमा प्रकाशित कथामा आधारित छ । नाटकमा अभिनेता विपिन कार्की, सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, शिशिर […]
बागलुङ, २६ मंसिर- प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा(एमाले)ले ३० हजार ६३५ ल्याएका छन् । समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ […]
काठमाडौं, मंसिर २६ । एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोलीलाई हराएको नेपालले मंगलबार हङकङलाई ४ विकेटले पराजित गरेको हो । खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्नेक्रममा […]
नवीनराज कुइँकेल (इमेज): लमजुङ, मंसिर २६ । लमजुङमा प्रत्यक्षतर्फ करिब पाँच हजार मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरी चार हजार ९३७ मत बदर भएको हो । एक लाख १५ हजार ४४९ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि ७७ हजार १६४ मत खसेको थियो । खसेकोमध्ये दुई हजार ५८५ मत बदर भएको मुख्य […]
नयाँदिल्ली, मंसिर २६ । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ । भारतको सूचना तथा प्रशारण […]
काठमाडौं, मंसिर २६ । अमेरिकाको न्यूयोर्कमा आतंकवादी आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी युवक पक्राउ परेका छन् । न्यूयोर्कको मूख्य बस टर्मिनलमा शरीरमा विस्फोटक पदार्थ बाँधेका ती युवक पक्राउ परेका हुन् । शंकास्पद अवस्थामा हिंडिरहेका २७ बर्षीय अकायद उल्लाह नामका युवकको शरीर चेकजाँच गर्दा शरीरमा रहेको केही विस्फोटक पदार्थ पड्किंदा उनी घाइते पनि भएका छन् । […]
हिजोआज समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ । आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण । होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ […]