स्पृहा समाजमा दिनप्रतिदिन मौलौउदै गरेको जघन्य अपराधिक घटनाहरु बढ्दै गईरहेका छन । प्रहरीका लागि अपराधको घटना र नागरिक सुरक्षा चुनौतीको बिषय बन्दै आएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार अपराधले पारेको नकारात्मक असरलाई नियन्त्रण गर्दै अपराधीलाई कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाउने कार्यमा समेत नेपाल प्रहरी सफल बन्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार अवैध […]
काठमाडौं । नेपालका ख्यातिप्राप्त न्यूरो रोग सम्बन्धी चिकित्सक डा. उपेन्द्र देवकोटा लण्डनमा बेहोस भएर ढलेपछि लण्डनकै किङ्स कलेज अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । तर बिरामी जाँच्ने क्रममा देवकोटा अस्पतालमा एक्कासी बेहोस भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको दूताबासका एक अधिकारीले बताए। उनले भने, ‘तर सामाजिक सञ्जालमा हल्ला भएजस्तो नभएर देवकोटाको स्वास्थ्य स्थिति सामान्य […]
काठमाडौं । महानगरपालिकाले रानीपोखरी पुननिर्माणको लागि भएको बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको छ । सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ । कम्पनीले रानीपोखरीको पुननिर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो । कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको बैठकमा सिफरिस गरिसकेको महानगरपालिकाका एक उच्च अधिकारीले बताए […]
काठमाडौं । मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ । तर, कारागार व्यवस्थापन विभागका अनुसार तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । कारागार व्यवस्थापन नहुदा कारागारमा तेस्रोलिंगी कैदीबन्दी राख्न समस्या आउने परेको छ । तेस्रोलिंगी कैदीबन्दीलाई पुरुष र महिला दुवै रहने कारागारमा राख्न नसकिने भएकाले समस्या आउने गरेको विभागको भनाइ छ […]
विराटनगर । जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण गराउन विराटनगर महानगरपालिकाले सुराकीलाई भत्ता दिने तयारी गरेको छ । जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण नभएपछि महानगरपालिकाले फोहोर फ्याँक्नेहरूलाई कानुनअनुसार कारबाही गराउन सूचना दिने सुराकीलाई भत्ता दिने तयारी गरेको हो । कसले सडकमा जथाभावी फोहोर फ्याँक्यो भन्ने सूचना दिनेको नाम गोप्य राखेर भत्ता दिइने छ । उजुनसुकै वेला […]
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय स दस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ । विराटनगरमा शुक्बार कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले पार्टीको महाधिवेशनमा सभापति पदका लागि आफनो चर्चा हुनु स्वाभाविक भएको बताउनु भयो, ‘आफु राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।’ उहाँले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि […]
अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ ।यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ । बिहीबार राती तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोटन गराएका थिए । प्रहरीका अनुसार […]
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ । दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने […]
वीरगञ्ज । वीरगञ्जमाको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ । वीरगञ्ज–१६ को राधेमाई घर भएका यादव छुरा प्रहारबाट गम्भीर घाइते भएको प्रहरीले बताए। घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो , तर त्यहाँ उपचार हुन नसक्ने भएपछि गण्डक अस्पताल लगिएको छ । आक्रमण कसले गर्यो भन्नेबारे […]
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर […]