राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्को घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ लाख ३७ हजार बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेका ६० वर्षीय पुरुषको जंगली हात्तीको आक्रमणमा […]
बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो । बजारमा आइपुगेकाे केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ । तितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै […]
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको […]
नेकपा (माओवादी केन्द्र)ले आज पालिका तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन पनि आयोजना गरेको छ । पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे भर्चुअल’ सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ । अध्यक्ष दाहालले सबै पालिका […]
डोटीको दिपायलमा सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । शुक्रवार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा सात जना […]
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि रहेका […]
आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको […]
जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ । धाराखाेलामा रहेकाे बालुवा खानीमा पुरिँदा त्यही वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतकाे ज्यान गएकाे हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा […]
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल […]
राष्ट्रिय जनगणना ०७८ कुनै पनि प्रकारको अवरोधविना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना ०७८ विना कुनै अवरोध सम्पन्न भएको बताएको हो। राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई […]