प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका-१ दरवारमार्ग स्थित बिइङ ह्युमान कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ […]
सुनको भाउ सात सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको […]
केपी ओलीले ३ वर्ष सम्म जनता लुटेको पैसाले सौराहा को होटल र नारायणघाट मा तमासा देखाए भन्दै जंगिए माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य बुद्धि जीशी … गुल्मी काठमाण्डौ संपर्क मञ्चको एक भेलामा बुद्धि जिशीले केपी ओलीले चितवनमा गएर भरतपुर महानगर पालिकाको विकास देखेर आए । एमालेले ३ वर्ष सम्म झुटको खेती गरेर हरेक तरह बाट […]
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् । अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे । विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास […]
कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ वर्षीय तारा नाथको मृत्युु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट नाथको घटनास्थलमै मृत्युु भएको […]
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ । महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएकाे हाे । शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार […]
काठमाण्डौको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान […]
आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण […]
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । काठमाण्डौसहित आसपासका क्षेत्रमा […]
दाङ-देउखुरी जिल्ला अदालतले दुई वर्ष अघि दाङको तुलसीपुर उपमहानगरपालिका-१२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (बिक्की)सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले विवेकसिंह ठकुरी, सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । उनीहरुमाथि २०७६ साल असार २८ […]