मालिका गा.पा ५ छापहिले मा बाटो मा हिँड्ने क्रममा बिजुली सट भइ बिजुलीको पोलमै टासिएको अबस्थामा मालिका -१ नेटाकि बीनीता रसाइलीको मृत्यु भएको छ भने अर्जे की जुना बी सी घाइते भएको समाचार समाजसेवी सोभाखर गीरीले सन्देश नेपाल लाई जानकारी दीनु भएको छ। मृत आत्मको स्वर्गमा वास होस् घाइतेको सिघ्र स्वास्थ लाभको कामना गर्दै अन्य […]
जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले बिवाह गर्ने भनी प्रेममा पारेर भारततर्फ लगेका थिए । गुल्मीको तम्घासबाट भारततर्फ लैजाने क्रममा बालिका र युवतीसँगै तीन युवालाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । दुई बालिका सहित युवतीलाई उद्दार […]
रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आर्चायको सोमबार ढुङगाले हानेर बीभत्स हत्या भएको थियो । पक्राउ […]
विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । “राष्ट्रिय […]
सरकारले गन्तव्यमा सूचीकृत गरेको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय आकर्षण उजागर गर्दै उक्त क्षेत्रलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो । स्थानीय समाजसेवी एवम् पुम्दीकोट […]
लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन […]
भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा आज बिहान ३ः३० बजे […]
विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् । कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर […]