Home > Articles posted by NewsDesk (Page 232)
FEATURE
on २१ श्रावण २०७६, मंगलवार ११:५७
539 views 0 secs

माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई […]

FEATURE
on २१ श्रावण २०७६, मंगलवार ०९:१६
711 views 0 secs

पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति मृत अवस्थामा भेटिएका हुन्। दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए। माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १९:१५
1558 views 3 secs

गुल्मी जील्ला मदाने गाउपालीका २ जनीपलेमा पहीरो नीयन्त्रणमा नआएपछि स्थानिय पनि त्रसीत बनेका छन् ! बिगत १०/११ दीन बाट पहीरो गईरहेको थीयो तर पटक पटक सम्म दोजर चलाएर बाटो सखार गर्दा पनि माथीबाट पहीरो झर्न नछाडेपछि अहीले बाटो पुर्णरुपमा अबरुद्ध रहेको खबर स्थानीय बासी प्रेम भुसालले सन्देश नेपाल लाई जानकारी दीयका छन् ! https://youtu.be/Dgd8ZgNY2sw

FEATURE
on २० श्रावण २०७६, सोमबार १६:३८
559 views 0 secs

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने  र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १६:१५
812 views 0 secs

आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ । त्यस्तै अन्य आठ […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १५:५७
666 views 0 secs

खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समूहले आगो लागाउँदा तीन घर जलेर ध्वस्त भएका छन्। राति १२ बजे खत्याड गाँउपालिका–२ जाम गाँउको बजार क्षेत्रमा रहेका सोही वडाका वडाध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समूहले आगो लागाउँदा मल्लको घरसँगै जोडिएका अन्य दुई घरसमेत गरी तीन वटा घर जलेर ध्वस्त भएका हुन्। अज्ञात समूहले लगाएको आगोबाट […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १५:३८
572 views 0 secs

बागलुङको तमानखोला गाउँपालिका – ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।आइतबार राति गएको पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनास्थलबाट पाँच जना घाइतेको उद्धार गरिको बर्तिवाङ प्रहरी कार्यालयका हवल्दार शालिग्राम भुसालले […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १५:२७
683 views 0 secs

काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ गरेको छ ।टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् । त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १३:२०
484 views 0 secs

गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल […]

FEATURE
on २० श्रावण २०७६, सोमबार १२:३६
540 views 0 secs

हिजो (आईतबार) तोलामा ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको सुनको भाउले आज पनि रेकर्ड तोडेको छ। हिजो प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । आज छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी […]