मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ? भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र […]
धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको प्रहरी नायव उपरीक्षक डीएसपी घलेले संदेश नेपाल लाई जानकारी दिए […]
जिल्ला प्रहरी कार्यालय, गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम […]
धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको ज्यान गएको छ काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो । दास भारत पश्चिम चम्पारनका स्थायीबासिन्दा हुन् ।जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार […]
प्रहरीले उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका-५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो। उनको साथबाट च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट बरामद गरिएको छ। मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० […]
टिकटक भिडियो बनाउन चार छात्रले बूढी गण्डक नदीमा हाम फालेका छन्। हाम फालेको चार छात्रमध्ये तीन जना नदीमा डुबे भने एक जना बाहिर निस्कन सफल भए। डुबेका तीन छात्रमध्ये दुईजनाको शव फेला परेको छ भने एक अझै वेपत्ता रहेका छन्। यो घटना भारतको बिहारको भएको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको छ। भास्करको अनुसार विहारको अहियापुर […]
नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो । १९० रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित […]
इटालियन ठेकेदार कम्पनी सीएमसी काम छाडेर हिँडेपछि मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने अनिश्चित छ । तर, मलेम्चीको पानी वितरण गर्ने संरचना समेत अझै तयार भएको छैन ।चक्रपथभित्रै कलंकी र महाराजगञ्ज क्षेत्रमा अझै पनि मेलम्चीको पानीलाई लक्षित गरेर नयाँ वितरण लाइन बिछ्याइएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तरगतको आयोजना विकास निर्देशनालयले हालै यी दुई […]
एक महिलाले छोराछोरीसहित नारायणी नदीमा हामफाल्दा दुबै बच्चाको मृत्यु भएको छ ।महिलाको जीवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका इन्सपेक्टर राजेन्द्र अधिकारीअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ निवासी २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित नारायणीमा हाम्फालेकी हुन् । उनी हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई […]
तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्। विश्व विद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । आफ्ना मागहरु पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उनले बताए। विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल […]