भारतको रुपैडियामा ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको ज्यान गएको छ । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आज (शनिबार) युके पाउण्ड बाहेक सबै देशको विनिमयदर उकालो लागेकोे छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रिदर १३७ रुपैयाँ २ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ […]
बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको […]
भरपुलले इंग्लिस पि्रमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ । गएराति भएको खेलमा नर्विचलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न पुगे ।१९ औं मिनेटमा मोहम्मद सला र २८ औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे । खेलको ४२ औं मिनेटमा […]
तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि […]
गुल्मीमा शुक्रबार साँझ जीप दुरघटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपककुमार बस्नेतले बताए । दुर्घटनामा रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाइते […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बृष – इ, […]
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का ३ कार्याकर्तालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । तत्कालीन कास्की सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई र विद्यार्थी संगठनकै कास्की जिल्ला अध्यक्ष काजिीगुरुङलाई शुक्रबार बिहान पक्राउ गरिएको डिएसपी नेपालले बताए । गोरखा नगरपालिका–१३ को मझुवा नाकाबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए । ‘गोरखा छिरेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई […]
नेपाली राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल र अफगानिस्तानले प्रतियोगिता अगाडी नै २ मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। नेपाल भलिबल संघका अनुसार खेल साउन २९ र ३० गते हुने छ। एभीसी एसियन सिनियर मेन्स भलिबल भदौ २ गतेदेखि ७ गतेसम्म चल्ने छ जसमा नेपालसहित […]
आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका–५, सखुबनी निवासी ५८ वर्षीय सूर्यबादुर स्याङ्बोलाई स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्याङ्बोले ति किशोरीलाई एक वर्षदेखि विभिन्न प्रलोभन देखाई शारीरिक सम्वन्ध राख्दै आएको प्रहरीले […]