
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का ३ कार्याकर्तालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । तत्कालीन कास्की सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई र विद्यार्थी संगठनकै कास्की जिल्ला अध्यक्ष काजिीगुरुङलाई शुक्रबार बिहान पक्राउ गरिएको डिएसपी नेपालले बताए ।
गोरखा नगरपालिका–१३ को मझुवा नाकाबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए । ‘गोरखा छिरेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ उनले भने । स्रोतका अनुसार बिहीबार स्याङ्जा अदालतबाट रिहा भएलगतै स्याङ्जा प्रहरीले पक्राउ गरी गोरखा पठाएको हो