मुलुकको प्रचलित कानुनले दण्डनीय भनेका विषयमा पनि संसदीय समितिमा छलफल हुने गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा शुसासन समितिको आईतबारको बैठकमा कानुनले दण्डनीय मानिसकेको बहुविवाहका बारेमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ व्यापक बहस भएको छ । समितिका सदस्यहरु छक्कबहादुर […]
राजधानीको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वैशाख २३ गते भएको बालिकाको निधन गलत समूहको रगतकै कारणले भएको कान्सिलले जनाएको छ । काउन्सिलको छानविनपछि बालिकाको निधन गलत रगतकै कारणले भएको हुँदा उपचारमा संलग्न १० देखि १५ जना कर्मचारीलाई स्पष्टीकरणको लागि पत्र काटेको काउन्सिलले जनाएको छ । वैशाख २३ गते केन्द्रमा मुटुको भल्वको शल्यक्रियाका क्रममा सर्लाही […]
आरक्षण बचाउ आन्दोलनबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई भृकुटीमण्डप स्थित नगरप्रहरीमा राखिएको छ। लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै उनीहरुले आन्दोलन गर्दै आएका छन्। आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, दलमर्धन कामी, कुमार लिंदेन लगायतका १४ […]
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँने भएका छन् । जयशंकर विदेशमन्त्रीमा नियुक्त भएसंगै उनको नेपाल भ्रमणका लागि तयारी भईरहेको थियो । उनी आगामी भदौँ ४ गते बिहान नेपाल आउँने भएका हुन् । उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँनेछ । बैठकसंगै जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई […]
आज भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि डरलाग्दो दुर्घटना भएको छ । यहाँ एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले […]
देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ। सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन्। प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको […]
सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोमा आज बिजुलीको पोल ढलेर सोही ठाउँका ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु भएको छ। मजदुर खोज्न मुसहरी टोल निस्किएका साह कुराकानी गरिरहेका बेला अचानक सिमेण्टले निर्मित बिजुलीको पोल ढल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पोल ढलेर टाउको तथा नाकमा गम्भीर चोट लागेको अवस्थामा साहलाई उपचारका लागि राजविराज ल्याइएको […]
प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।
ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध कारोबारी भएको खुलेको प्रहरीले बताएको छ ।सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गरेको थियो ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका विक्री गर्ने गरेका पाइएको […]
रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्र नारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशल प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडानम्बर १५ स्थित नेशनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको […]